शिक्षामन्त्री पन्तले भने- शिक्षक आन्दोलनबारे जानकार छु, समस्या पनि थाहा छ « Khabarhub

शिक्षामन्त्री पन्तले भने- शिक्षक आन्दोलनबारे जानकार छु, समस्या पनि थाहा छ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छ्न ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

त्यसक्रममा पन्तले शिक्षकहरू २३ दिनदेखि आन्दोलनरत रहेको जनाउँदै उक्त समस्या समाधानका लागि सबै शक्ति लगाउने बताएका छ्न ।

‘भर्खरै त मन्त्रालयमा आएँ, समस्याबारे जानकारी पाएको छु । सबै विषयमा जानकारी लिइसकेको छैन’, उनले भने, ‘शिक्षकका माग र समस्याबारे राम्ररी जानकारी लिइसकेपछि विस्तृतमा आफ्नो विचार व्यक्त गरौँला ।’

पन्तले आफूले पहिलेबाटै शिक्षकहरूलाई सडकमा राख्न नहुने बताइरहेको पनि स्मरण गराए । ‘शिक्षकहरूलाई सडकमा राख्नु हुँदैन भन्दै आएको छु । म उहाँहरूलाई घर फर्काउने गरी समस्याको समाधान गर्न प्रयत्न गर्ने छु ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : २९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५