मन्त्रीले आश्वासन दिएपनि विश्वस्त हुने आधार छैन, आन्दोलन जारी रहनेछ : चिकित्सक संघ  « Khabarhub

मन्त्रीले आश्वासन दिएपनि विश्वस्त हुने आधार छैन, आन्दोलन जारी रहनेछ : चिकित्सक संघ 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आश्वासन दिएपनि आफ्नो माग सम्बोधन हुने नदेखिएको भन्दै आन्दोलन जारी रहने बताएका छन् । 

खबरहबसँग कुरा गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले भने, ‘स्वास्थ्यमन्त्री पौडेलले माग सम्बोधन गर्ने आश्वासन दिएपनि विश्वस्त हुने आधार छैन ।’ माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत् रहने कार्कीले बताए । 

सरकारी सरह निर्वाह भत्ताको माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू विगत २९ दिनदेखी आन्दोलन गरिरहेका छन् । 

आन्दोलनकै क्रममा स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका उनीहरूलाई मन्त्री पौडेलले वार्तामा बोलाएर सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको र यो निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् । 

निजी मेडिकल कलेजले पनि सरकारले तोके अनुसार रु ४८ हजार दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र यदि नगरेको खण्डमा मन्त्रालयसँग सरोकार राख्ने कुनै पनि काम अघि नबढ्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ३९ बजे

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको