प्रधानमन्त्रीको तर्क- राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्रविरोधी तत्त्व एमालेविरुद्ध खनिए « Khabarhub

प्रधानमन्त्रीको तर्क- राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्रविरोधी तत्त्व एमालेविरुद्ध खनिए


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्र विरोधी तत्त्वहरू एमालेविरुद्ध खनिएको बताएका छन् ।  

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले राष्ट्रको पक्षमा एमालेले राखेको अडानका कारण राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएको बताएका हुन् । त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेको उनको भनाइ छ । 

उनले एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्षका साथ बनेको भन्दै सरकार तिर नभई चुनाव तिर ध्यान दिन सुझाव दिए ।

प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुन पनि आग्रह गरे । लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उनले त्यसबाट देश केही समय अलमलमा परेको बताए । अब भ्रममा नभई स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नु पर्नेमा ओलीले जोड दिए।

ओलीले वैशाख ११ निरङ्कुशता पराजय र लोकतन्त्रले जितेको दिन भएकाले यस दिनलाई उत्सवको रूपमा मनाउनुपर्ने बताए ।  

निरङ्कुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उनले बताए । त्यसका विरुद्ध अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको ओलीले सुनाए । अब देश युवाले बनाउनु पर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ६ : ३७ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको