विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा « Khabarhub

विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षकहरूले अघिसारेका मागलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरूले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टिम बनाउने निर्णय भएको उनले बताए । 

त्यस्तै आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटको छलफलमा पनि प्रभावकारी ढंगले उपस्थिति जनाउने निर्णय बैठकले गरेको छ । 

नीति तथा कार्यक्रमका साथै बजेटको छलफललाई प्रभावकारी बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने निर्णय भएको प्रमुख सचेतक परियारले बताए ।  

त्यस्तै दलको बैठकले राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको निजामती विधेयकमाथिको छलफलमा समेत पार्टीले प्रभावकारी रूपमा भूमिका निर्वाह गरी छिटो अघि बढाउन पहल गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ६ : ४३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको