गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक : मन्त्री खड्का | Khabarhub Khabarhub

गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक : मन्त्री खड्का


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
      
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपना र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उनले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको  बताएका हुन् ।  मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए।

उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए। ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गरे।
      
बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेमात्रै १७ हजारभन्दा बढीले रोजगारी पाउने उनको भनाइ थियो । उनले मुलुकको विकासका लागि इञ्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए। 
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ४ : ३० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग