आधारभूत विषयमै सम्झौता गर्नुपरे कांग्रेसले सरकार छाड्नु पर्छ : गगन थापा « Khabarhub

आधारभूत विषयमै सम्झौता गर्नुपरे कांग्रेसले सरकार छाड्नु पर्छ : गगन थापा


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे पार्टीले सरकारबाट बाहिरिनु पर्ने बताएका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती‘ विषयक कार्यक्रममा बोल्दै थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको बताए । उनले आधारभूत विषयमा सम्झौता गर्नुपरे केपी शर्मा ओली नेतृत्वको सरकारबाट कांग्रेसले बाहिरनिनुपर्ने बताएका हुन् ।

कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उनले बताए । थापाले कांग्रेसले समस्याको कुरा गरेर मात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने जिकिर गरे । 

उनले पूर्वराष्ट्रपति फर्केर दलमा आउने कुरा चलिरहँदा कांग्रेसले भने त्यसरी फर्काउन नहुने बताए । 

पूर्वराष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा पुगेकाहरूले संस्थाको गरिमा राख्नुपर्ने उनले बताए । थापाले गणतन्त्रका विषयमा भाग्ने वा उत्तेजित हुनुपर्ने अवस्था नरहेको भन्दै जनतालाई सम्झाउन सक्नुपर्ने उल्लेख गरे ।  

उनले नेपालको राजसंस्था संवैधानिक हुन नसक्ने भन्दै इतिहास भइसकेको राजसंस्थाका अनावश्यक विषयमा बहस गर्न जरुरी नरहेको धारणा राखे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ७ : १४ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली