रघुजी पन्तलाई बधाई दिँदै विद्या भट्टराईले भनिन्- गुणस्तरीय शिक्षाका लागि यात्रा जारी छ « Khabarhub

रघुजी पन्तलाई बधाई दिँदै विद्या भट्टराईले भनिन्- गुणस्तरीय शिक्षाका लागि यात्रा जारी छ


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट सोमबार राजीनामा दिएकी विद्या भट्टराईले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई सफलताको शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूलाई साथ, समर्थन, प्रेरणा र विश्वास दिँदै आएका सबैजनाप्रति आभार व्यक्त गरेकी छन्।

नवनियुक्त मन्त्री पन्तलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि उनले दिएकी छन् ।

भट्टराईले नौ महिने कार्यकालमा शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको उल्लेख गरेकी छन्। उनले शिक्षा सुधारका लागि प्रेरणा दिने समुदाय, मतदाता, शुभचिन्तक, सहकर्मी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेकी छन् ।

‘मलाई विश्वास गरेर सरकारको नेतृत्वमा काम गर्ने अवसर दिनु भएकोमा प्रधानमन्त्री ओली र मन्त्रिपरिषदप्रति आभारी छु,’ उनले लेखेकी छन्, ‘पार्टीका सम्पूर्ण नेताहरूप्रति कृतज्ञ छु।’

पूर्वमन्त्री भट्टराईले मन्त्रालयका सचिवदेखि सुरक्षाकर्मी, कर्मचारी, विज्ञ, नीतिनिर्माता, शिक्षाविद, वैज्ञानिक, सञ्चारकर्मी, नागरिक समाज र संघसंस्थासम्म सबैको योगदानको उच्च मूल्यांकन गरेकी छन् । उनले आफ्नो सचिवालय टिमप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन् ।

राजीनामापछि अबको यात्रा सार्वजनिक शिक्षाको सुदृढीकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षा निर्माणमा केन्द्रित रहने बताएकी छन् । उनले उक्त सामाजिक प्रतिबद्धता कायमै रहेको पनि संकेत गरेकी छन्।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : २४ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको