रघुजी पन्तलाई बधाई दिँदै विद्या भट्टराईले भनिन्- गुणस्तरीय शिक्षाका लागि यात्रा जारी छ | Khabarhub Khabarhub

रघुजी पन्तलाई बधाई दिँदै विद्या भट्टराईले भनिन्- गुणस्तरीय शिक्षाका लागि यात्रा जारी छ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट सोमबार राजीनामा दिएकी विद्या भट्टराईले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई सफलताको शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूलाई साथ, समर्थन, प्रेरणा र विश्वास दिँदै आएका सबैजनाप्रति आभार व्यक्त गरेकी छन्।

नवनियुक्त मन्त्री पन्तलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि उनले दिएकी छन् ।

भट्टराईले नौ महिने कार्यकालमा शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको उल्लेख गरेकी छन्। उनले शिक्षा सुधारका लागि प्रेरणा दिने समुदाय, मतदाता, शुभचिन्तक, सहकर्मी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेकी छन् ।

‘मलाई विश्वास गरेर सरकारको नेतृत्वमा काम गर्ने अवसर दिनु भएकोमा प्रधानमन्त्री ओली र मन्त्रिपरिषदप्रति आभारी छु,’ उनले लेखेकी छन्, ‘पार्टीका सम्पूर्ण नेताहरूप्रति कृतज्ञ छु।’

पूर्वमन्त्री भट्टराईले मन्त्रालयका सचिवदेखि सुरक्षाकर्मी, कर्मचारी, विज्ञ, नीतिनिर्माता, शिक्षाविद, वैज्ञानिक, सञ्चारकर्मी, नागरिक समाज र संघसंस्थासम्म सबैको योगदानको उच्च मूल्यांकन गरेकी छन् । उनले आफ्नो सचिवालय टिमप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन् ।

राजीनामापछि अबको यात्रा सार्वजनिक शिक्षाको सुदृढीकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षा निर्माणमा केन्द्रित रहने बताएकी छन् । उनले उक्त सामाजिक प्रतिबद्धता कायमै रहेको पनि संकेत गरेकी छन्।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ८ : २४ बजे

‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’

सोलुखुम्बु– रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा आइपर्ने हरेक किसिमका

रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ : कृषि अधिकारी

पाटन– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर

नयाँ गभर्नरलाई मन पराएन शेयर बजारले, ७.९४ अंकले घट्यो नेप्से

काठमाडौं– नयाँ गभर्नरलाई शेयर बजारले मन नपराएको संकेत गरेको छ

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा– गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ