बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा, मदिरा नष्ट  « Khabarhub

बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा, मदिरा नष्ट 


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरूले विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौँ लिटर मदिरा नष्ट गरेको छ।

प्रहरीचौकी लंग्डा चौक र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटी गएको छुट्टाछुट्टै गस्ती टोलीले विशेष सूचनाको आधारमा उक्त कारवाही गरेको हो।

गस्ती टोलीले पचरौता नगरपालिका ८ छबकहिया गाउँ, आदर्श कोतावाल गाउँपालिका–३ बतरा ,५ टेढाकटी  ६ पटेर्वा गाउँ गरी ८ वटा रक्सी भट्टीमा छापामारी २५१ लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताएका छन्।

बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले तस्करी, लागूऔषध, अवैध मदिराको कारोबार नियन्त्रण गर्न सञ्चालन गरेको अभियान अन्तर्गत कारवाही तीब्र बनाइएको जनाईएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ७ : ३३ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको