स्पष्टीकरण सोधेको झोकमा उपसचिवले हाने प्रदेश सचिवलाई चड्कन « Khabarhub

स्पष्टीकरण सोधेको झोकमा उपसचिवले हाने प्रदेश सचिवलाई चड्कन


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font


जनकपुरधाम । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेलाई वन निर्देशनालयका उपसचिव मनोज ठाकुरले थप्पड हाने छन् ।

मर्यादा तथा जिम्मेवारीअनुसार कर्मचारीतन्त्रको अनुशासन भङ्ग गर्नेगरी स्पष्टीकरण सोधिएका कर्मचारीको बचाउमा लागेको भन्दै उपसचिव ठाकुरले प्रदेश सचिव घिमिरेलाई बिहीबार बिहान जनकपुरधामको मधेश भवनस्थित उनको सरकारी निवासमै थप्पड हानेका हुन् ।

उपसचिव ठाकुर निर्देशनालयअन्तर्गतको समृद्धिका लागि वन परियोजना, प्रदेश परियोजना व्यवस्थापन इकाईका संयोजक हुन् । सचिवलाई थप्पड हानेपछि ठाकुरलाई सो जिम्मेवारीबाट हटाइएको छ ।

अधिकृत नवौँ तहका ठाकुरले उक्त परियोजना व्यवस्थापन इकाईका योजना शाखा प्रमुख तथा सातौँ तहका वन अधिकृत निरज साहलाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि वन सचिव घिमिरेले मन्त्रालयसँग समन्वय र जानकारी नै नगराई स्पष्टीकरण किन सोधेको भनी ठाकुरलाई नै स्पष्टीकरण सोधेका थिए ।

ठाकुरसँग सोधिएको स्पष्टीकरणमा साहसँग बारम्बार फोन गर्दा सम्पर्कमा नआउने, इकाईको कामकाज तथा कार्यक्रममा समेत नआउने र त्यस्ता गैरजिम्मेवार आचरण नदेखाउन भनी स्पस्टीकरणसहित उपस्थित हुन किन पत्राचार गरेको भनी प्रश्न गरिएको छ ।

‘परियोजनाका लागि संयोजक नै कार्यालय प्रमुख हुन् । निर्धारित काममा हेलचेक्रयाइँ गर्ने, आफू मातहतका कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कार्यालय प्रमुखमा निहित हुन्छ । यो कानुनी र व्यावहारिक अभ्यास पनि हो । तर, त्यसविपरीत सचिवले आफू मातहतको कर्मचारीलाई स्पष्टीकरण सोध्दा ठाकुरसँग नै त्यस विषयमा स्पष्टीकरण सोध्नु अत्यन्त अनुचित कार्य हो,’ निजामती सेवाका एक जानकारले बताए ।

उनले स्पस्टीकरण सोध्ने हाकिमसँग किन स्पष्टीकरण सोधेको भनी स्पष्टीकरण सोध्नु कर्मचारीको अनुशासन ध्वस्त पार्ने प्रक्रियाको आरम्भ भएको विश्लेषण सुनाए । ठाकुरले स्पष्टीकरणका विषयमा कुरा गर्न गएका बेला सचिव घिमिरेसँग वादविवाद हुँदा उनलाई चड्कन हानेको बताइएको छ ।

ठाकुरले स्पष्टीकरण सोधेका कर्मचारी साह वन तथा वातावरण मन्त्री त्रिभुवन साहका निकट व्यक्ति हुन् । लामो समयसम्म मधेश प्रदेशमा सचिवका रूपमा रहेका घिमिरे आफ्नो कार्यावधि लम्ब्याउन बेरीतपूर्वक ठाकुरसँग स्पष्टीकरण सोधेको भनाइ कर्मचारीहरूको छ ।

चड्कन हानेको विषयमा प्रदेश सचिव घिमिरे र उपसचिव ठाकुरले बोल्न चाहेका छैनन् । उनीहरुले त्यस्तो केही नभएको बताएपनि एक जना कर्मचारीले नामनखोल्ने सर्तमा कुटाकुट भएको पुष्टि गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ९ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर