टेलर स्विफ्टप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी- उनी अब ‘हट’ छैनन् « Khabarhub

टेलर स्विफ्टप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी- उनी अब ‘हट’ छैनन्


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न कारणले चर्चामा आइरहन्छ । विवादमा पर्ने त उनको पूरानो बानी नै हो ।

कहिले राजनीतिक कदम र कहिले अभिव्यक्तिले ट्रम्पलाई विवाद वा चर्चामा ल्याइहाल्छ । अहिले फेरि उनले अमेरिकी गायिका टेलर स्विफ्टमाथि गरेको टिप्पणी भाइरल भएको छ । यसले ट्रम्पलाई पुन: एक पटक चर्चामा ल्याएको छ ।

आफ्नो निजी सामाजिक सञ्जाल ट्रुथमा ट्रपले टेलर स्विफ्टबारे लेखेका छन्, ‘के कसैले ध्यान दिनुभएको छ- जबदेखि मैले म टेलर स्विफ्टलाई घृणा गर्छु भनेको थिएँ, तबदेखि उनी हट छैनन् ?’

एक गायिकामाथिको राष्ट्रपति ट्रम्पको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोणबाट तर्क भइरहेको छ । कसैले भने यसलाई ट्रम्पले चुनावी रिस फेरेको कोणबाट लिएका छन् ।

टेलर स्विफ्टले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसको खुला समर्थन गरेकी थिइन् ।

ट्रम्पको चुनावी टोलीले स्विफ्टको समर्थनलाई बेवास्ता गरे पनि पछि ट्रम्पले कडा रूपमा प्रतिक्रिया जनाएका थिए। त्यसयता स्विफ्टप्रति ट्रम्प नकारात्मक बन्दै आएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : १० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५