शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ६७ पैसा र बिक्रीदर १८४ रुपियाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ८५ पैसा र बिक्रीदर १६५ रुपियाँ ५८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५० पैसा र बिक्रीदर ९८ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८१ पैसा र बिक्रीदर १०६ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १६ पैसा र बिक्रीदर ३२ रुपियाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २८ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७१ पैसा र बिक्रीदर २० रुपियाँ ८० पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपियाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ४० पैसा र विक्रीदर ३५४ रुपियाँ ९६ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ३५ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता