गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला  « Khabarhub

गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला 


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । गृह नगर विराटनगरमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका हुन् ।   

‘सबभन्दा इम्पोटेन्ट (महत्वपूर्ण) के छ भने अहिले रमेशजीको जुन आएको छ, किन भने गृहमन्त्रालय उहाँकै अन्डरमा छ नि त,’ नेता कोइरालाले भने, ‘उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपाईंहरू भने भइहाल्यो ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयबाट ‘भिजिट भिसा’ भइरहेको भनिएको अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्री लेखकको नैतिकता प्रदर्शन हुने उनको भनाइ थियो । ‘त्यसले मोरल स्टेटस देखिन्छ,’ नेता कोइरालाले भने । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सच-सहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् । 

गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो । तर, सरूवाको रमाना पत्र नबुझ्नै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १ : २१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ