साँगे सभ्यताबारे पुस्तक ‘साँगे दर्पण’ सार्वजनिक « Khabarhub

साँगे सभ्यताबारे पुस्तक ‘साँगे दर्पण’ सार्वजनिक


१० जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्वारा प्रकाशित ‘साँगे दर्पण’ नामक पुस्तक आज लोकार्पण गरिएको छ । काठमाडौँको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनको सभाहलमा सो अभियानका अभियन्ताहरूले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।

गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिकाभित्र पर्ने साँगे उपत्यकाका बासिन्दाको पहलमा गठन भएको अभियानले स्थानीय सभ्यता, संस्कृति, परम्परा र समकालीन सामाजिक रूपान्तरणलाई दस्तावेजीकरण गर्न पुस्तक प्रकाशित गरेको हो ।

अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगे दर्पण पुस्तकमा उपत्यकाको मौलिक पहिचान, भाषा, जीवनशैली, संस्कार, संस्कृतिका विविध आयाम तथा विगतदेखि वर्तमान हुँदै भविष्यसम्मको रूपान्तरण प्रक्रियासम्बन्धी विभिन्न लेख, रचना र अध्ययन समावेश गरिएको जानकारी दिए ।

कार्यक्रममा साहित्य, संस्कृति तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति थियो । साथै अभियानमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । यस पुस्तकले साँगे उपत्यकाको गहिरो सांस्कृतिक चेतना र इतिहासलाई भावीपुस्ताका लागि संरक्षण गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  ४ : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको