डोल्पामा यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर  « Khabarhub

डोल्पामा यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर 


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार दिउँसो  डोल्पा जिल्ला  ठुली भेरी नगरपालिका- १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको छ ।

 सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानियहरु बिच यार्सागुम्बा संकलनमा सीमा ईलाकाको विषयमा विवाद भई अन्दाजी ६/७ सय जनाको सङ्ख्यामा रहेकाहरूबीच झडप भएको हो ।

 स्थितिलाई नियन्त्रणमा लिनको लागि  सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको  सुरक्षा फौजले  एसएलआर  बाट २ राउण्ड हवाई फायर गरेको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ०२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी