डब्लूएचओ प्रमुख भारतीय प्रधानमन्त्रीसँग कृतज्ञ « Khabarhub

डब्लूएचओ प्रमुख भारतीय प्रधानमन्त्रीसँग कृतज्ञ


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता जाहेर गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै डब्लूएचओ प्रमुख गेब्रेयससले प्रधानमन्त्री मोदीप्रति कृतज्ञता जाहेर गरेका हुन् ।

यसअघि स्विट्जरल्याण्डको जेनेभामा आयोजित डब्लूएचओको सम्मेलनलाई मोदीले भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

सामाजिक सञ्जालमा गेब्रेयससले लेखेका छन्, ‘महामारी सम्झौता पारित गर्नका लागि आयोजित विश्व स्वास्थ्य संगठनको ७८ औँ सम्मेलनमा सहभागी हुनुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई नमस्ते । डब्लूएचओप्रति भारतको प्रतिबद्धता र सहयोगप्रति हामी कृतज्ञ छौँ ।’

डब्लूएचओको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विश्वव्यापी स्वास्थ्य पहलमा भारतको योगदानबारे चर्चा गरेका थिए । सम्बोधनका क्रममा उनले भारतमा सञ्चालित आयुष्मान भारत कार्यक्रमबाट ५८ करोड मानिसहरु लाभान्वित भइरहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ३ : ४२ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई