ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण « Khabarhub

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे पनि तेहरानमा झन् ठूला विस्फोट र बम आक्रमण भइरहेका छन्।

ट्रम्पको घोषणाबाट युद्ध अन्त्यतर्फको बाटो खोल्न सक्ने बताइरहँदा तेहरानको अवस्था निकै फरक रहेको अलजजिराले जनाएको छ। अहिले पनि इजरायली आक्रमण जारी छ। इजरायली आक्रमणविरूद्ध इरानी हवाई सुरक्षा प्रणाली सक्रिय छ। राजधानी तेहरानमा विस्फोटका आवाज लगातार सुनिएका छन्।

डोनाल्ड ट्रम्पको पछिल्लो वक्तव्यमा तेहरानबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर इरानी वरिष्ठ नेताहरूले अघिल्लो दिनमा दिएको अभिव्यक्ति हेर्दा उनीहरू ‘थोपरिएको शान्ति’स्वीकार्य नहुने बताइरहेका थिए।

केही दिनअघि सर्वोच्च नेता आयतोल्ला अली खामेनीबाट आएको भिडियो सन्देशमा स्पष्टसँग भनिएको छ, हामी ‘थोपरिएको शान्ति’ स्वीकार गर्नेछैनौं’, भनिएको थियो।

अमेरिकी राष्ट्रपतिको वक्तव्यलाई ‘सम्झौतायुक्त शान्ति’ मान्ने कि ‘थोपरिएको शान्ति’? यसको जवाफ अहिलेसम्म तेहरानले दिइसकेको छैन।

तेहरानमा इजरायली आक्रमणका प्रतिकारस्वरूप इरानले एयर डिफेन्स सिस्टम सक्रिय पारेको छ।

तासनीम समाचार एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इजरायली विमानद्वारा गरिएका आक्रमणको सामना गर्न इरानले हवाई सुरक्षा प्रणाली प्रयोग गरिरहेको छ।’

हमशाह्री समाचार संस्थाका अनुसार तेहरानको पश्चिमी र केन्द्रीय भाग र कारज उपनगरमा समेत ठूलो विस्फोटका आवाज सुनिएका छन्।

यो पनि पढ्नुहोस्

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा
इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल
इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ०६ बजे

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक