अमेरिकी एयर बेसमा आक्रमणपछि ट्रम्पले युद्धविरामका लागि मनाए नेतान्याहूलाई « Khabarhub

अमेरिकी एयर बेसमा आक्रमणपछि ट्रम्पले युद्धविरामका लागि मनाए नेतान्याहूलाई


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

दोहा – अमेरिकी सेनाको कतारस्थित सेन्ट्रल कमान्डको हेडक्वार्टरमा इरानले गयराति १९ वटा मिसाइल हानेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई युद्वविराममा जान भनेको खुलेको छ।

समाचार एजेन्सी एपीले इजरायल-इरान युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपतिले चलाएको कूटनीतिक प्रयासबारे नयाँ जानकारी सार्वजनिक गरेसँगै यो खुलासा भएको हो।

एक वरिष्ठ ह्वाइट हाउस अधिकारीले एपीलाई बताएअनुसार कतारस्थित सैन्य बेसमा इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहूसँग प्रत्यक्ष संवाद गरेर युद्धविरामका लागि राजी गराएका हुन्।

इरानमा बम आक्रमण गरेको दुई दिनपछि नै ट्रम्पले युद्ध अन्त्यका लागि प्रत्यक्ष भूमिका खेलेको दाबी ती ह्वाइटहाउस अधिकारीले गरेका छन्।

युद्धविराम प्रयासमा उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री मार्को रुबियो, र मध्यपूर्वका विशेष दूत स्टीभ विटकोफले इरानी पक्षसँग प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट संवाद गरेका एपीले जनाएको छर

कतारको भूमिका

कतार सरकारले युद्धविराम सम्भव गराउन महत्वपूर्ण भूमिका खेलेको एपीले उल्लेख गरेको छ।

अलजजिराले प्रकाशित गरेको समाचार अनुसार ट्रम्पले कतारका अमीर शेख तामिम बिन हमद अल थानीसँग कुरा गरेर उनको प्रयासका लागि आभार प्रकट गरेका छन् ।

इरानको प्रतिक्रिया

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अहिलेसम्म कुनै युद्वविराम सम्झौता नभएको खुलाएका छन्।

उता इजरायलको आधिकारिक धारणा अझै सार्वजनिक भइसकेको छैन।

इजरायलमा नयाँ आक्रमण

ट्रम्पको युद्धविराम घोषणापछि पनि इजरायलले तहेरानमा आक्रमण जारी राखेको अवस्थामा इरानले पनि नयाँ मिसाइल आक्रमण गरेको छ। इजरायली सेनाले जनाएअनुसार इरानले पुनः नयाँ मिसाइल आक्रमण सुरु गरेको हो।

आईडीएफले मिसाइल आइरहेको सूचना दिँदै सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमा जान भनेको छ।

अहिले देशका विभिन्न सहरमा एयर सायइनहरू सक्रिय गरिएका छन्। इजरायली सेनाले केही समयअघि मात्रै अघिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको थियो। तर नयाँ आक्रमणले इजरायलमा फेरि संकट ल्याएको छ।

यो पनि पढ्नुहोस्

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा
इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल
इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : २० बजे

नवनियुक्त श्रममन्त्रीले भने- कार्यकाल छोटो छ, समय खेर नफाली काम गर्छु

काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम

एमाले प्रतिनिधिहरूलाई ‘सूर्य’ मोबाइल एप्समै डिजिटल कार्ड

काठमाडौं- नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिलाई मोबाइल एप्लिकेशन्समै

वनमन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, के-के गरे निर्णय

काठमाडौं– नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई

पार्टीमा नेताको विरोध हुनु स्वाभाविक तर विरोधको नाममा मर्यादा नाघ्न पाइदैन : किशोरसिंह राठौर

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी

जेन-जीसहित भक्तपुरबासीलाई एमाले महाधिवेशन उद्घाटनमा आउन निम्तो

काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको शनिबार सल्लाघारीमा उद्घाटन