बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय « Khabarhub

बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तापक्षीय राजानीतिक दलहरुको बैठकले सरकारले जेठ १५ गते सङ्घीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयक पारित गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो ।

बजेटमाथिको छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले जवाफ र स्पष्टीकरण दिएपछि आजै प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा एमाले र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ११ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ