बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय « Khabarhub

बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तापक्षीय राजानीतिक दलहरुको बैठकले सरकारले जेठ १५ गते सङ्घीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयक पारित गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो ।

बजेटमाथिको छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले जवाफ र स्पष्टीकरण दिएपछि आजै प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा एमाले र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ११ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा