रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव | Khabarhub Khabarhub

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट एक हजार युनिट (पोका) रगत चितवन ल्याइएको थियो ।

अघिल्ला वर्षहरूमा यो समयमा जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । यस वर्ष भने विश्व रक्तदाता दिवसका अवसरमा गत जेठ ३१ गते यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा ठूलो मात्रामा रगत संकलन भएपछि अभाव टरेको हो ।
 
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ब्लड डोनर्स सोसाइटीले आयोजना गरेको रक्तदानमा एक हजार ७१७ युनिट रगत संकलन भएको थियो । पौडेलका अनुसार जिल्लामा अहिले दैनिक १०० युनिट हाराहारी रगतको माग रहेको छ । फाटफुट हुने रक्तदान कार्यक्रमहरूबाट पनि रगत संकलन भइरहेको छ ।
 
पौडेलले भने, ‘१५–२० दिनका लागि जिल्लामा रगतको अभाव हुँदैन ।’

उच्च गर्मी मौसम, खेतीबालीको समयलगायतका कारण रगतको अभाव हुने गर्दछ । यो समयमा रक्तदान गर्न रक्तदाता हिच्किचाउने गर्दछन् । यही समयमा बिरामीको सङ्ख्या बढी हुने गर्दछ । त्यसका कारण बिरामीका आफन्तले रक्तदाता खोजेर रगतको गर्जो टार्नुपर्ने बाध्यता रहेको थियो ।
 
चरम अभावको समयमा भएको रक्तदानले निकै सहज भएको पौडेलले बताए। ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीका अनुसार नेपालमा पहिलोपटक एकै ठाउँमा एकै दिन यति ठूलो सङ्ख्यामा रक्तदान भएको हो । नयाँ रक्तदाता समेतलाई आकर्षित गर्न महोत्सव गरिएको अधिकारीले बताए।
 
चितवनमा दुई मेडिकल कलेज, भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताललगायत निजी २५ भन्दा बढी साना अस्पतालमा रगतको माग हुने गर्दछ । क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, सुत्केरी, मिर्गौलाको डाइलासिस, थालेसेमियालगायतका बिरामीलाई बढी मात्रामा रगत चाहिने गर्दछ ।
 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : १७ बजे

नाइटोमा तेल हाल्दा हुनेछ पेट सफा, महिनावारी समस्या चट

काठमाडौं– आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

नेपालगञ्ज उपमहानगरद्वारा नीति, कार्यक्रम प्रस्तुत

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ

इरानी विश्लेषकको नजरमा अमेरिका–इजरायल असफल : न आणविक कार्यक्रम नष्ट गरे न त खमेनाईलाई हटाउन सके

तेहरान- इरानको तेहरानस्थित सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका अनुसन्धानकर्ता

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्य घट्यो

एजेन्सी – इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको

‘नन्द प्रसाद जानुका स्मृति सम्मान’ मिलनराज तुलाधरलाई

काठमाडौं– नन्द प्रसाद जानुका फाउन्डेशनले शिक्षासेवी मिलनराज तुलाधरलाई ‘नन्द प्रसाद