आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी तवरले अघि बढाउन लागेका छौँ : श्रममन्त्री « Khabarhub

आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी तवरले अघि बढाउन लागेका छौँ : श्रममन्त्री


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई नयाँ र प्रभावकारी तवरले अघि बढाउन लागिएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि बिनियोजित बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले रोजगारी सृजना गर्ने अभियानलाई नयाँ र प्रभावकारी तवरले कार्य गर्न आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गर्न लागिएको बताएका हुन् ।

उनले मुलुकको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालको रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्नशील रहेको जिकिर गरे ।

नीतिगत सुधारतर्फ श्रम आप्रवासन नीति तर्जुमा भई स्वीकृतिको लागि अन्तिम चरणमा रहेको र सबै स्थानीय तहमा एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्ने गरी कार्यक्रम तर्जुमा गरिएको उनले बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने क्रममा श्रमिकको मानवअधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनको मूल्य र मान्यतालाई अवलम्बन गरेको धारणा पनि राखे  ।  

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र सेवा सुविधा सुनिश्चित हुने गरी थप कार्य गरिने प्रतिबद्धता जनाए  ।

यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको र उच्च मानवअधिकार भएका मुलुकहरूमा श्रमिक पठाउनका लागि तयारी भएको उनले जानकारी दिए  ।

इरान र इजरायल बीच उत्पन्न संकटमा नेपाली तथा नेपाली श्रमिकमा भएको र हुन सक्ने प्रभावका बारेमा मन्त्रालय सजग र तयारी अवस्थामा रहेको उनले बताए  । 








प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ५५ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले