रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- सदन बहिष्कार गरेर कति दिन चल्छ ? « Khabarhub

रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- सदन बहिष्कार गरेर कति दिन चल्छ ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण सम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख सचेतक घिमिरेले सदन बहिष्कार गरेका प्रतिपक्षी दलहरूलाई उक्त समितिलाई विश्वास गरेर काम गर्न दिनुपर्नेमा जोड दिए । उनले भने, ‘यसरी सदन बहिष्कार गरेर कति दिन सम्म चल्छ ? संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगरेर कसरी हुन्छ ?’

प्रमुख सचेतक घिमिरेले समितिलाई साथ दिई सहयोग गर्न आग्रह गरे । साथै उनले त्यसो गरेमा जनताप्रतिको कर्तव्य पनि हुने उल्लेख गरे । भिजिट भिसा प्रकरण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको उनले बताए ।
 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  २ : ०४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी