इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू « Khabarhub

इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानसँग १२ दिन लामो संघर्षपछि युद्धविरामको घोषणा भएसँगै इजरायलका विपक्षी नेताहरूले अब गाजा क्षेत्रमा पनि युद्ध अन्त्यको माग अघि सारेका छन्।

वाम लोकतान्त्रिक विचारधाराको पार्टीका नेता याएर गोलनले बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारलाई गाजामा शान्ति स्थापनाको पहल गर्न आग्रह गरेका छन्।

‘अब बन्धकहरू फिर्ता ल्याउने र युद्ध अन्त्य गर्ने समय हो’, उनले भनेका छन् । गोलनले एक्समा लेख्दै अब मिशन पूरा गर्ने समय रहेको सरकारलाई भनेका हुन् ।

‘सबै बन्धकहरू फिर्ता ल्याउनुहोस्, गाजामा युद्ध अन्त्य गर्नुहोस् र इजरायललाई कमजोर, विभाजित र असुरक्षित बनाउने सत्ता कब्जाको प्रयासलाई स्थायी रूपमा रोकिनुहोस्’, उनले भनेका छन्।

यसैबीच पूर्वप्रधानमन्त्री र विपक्षी नेता याएर लापिडले पनि गाजामा युद्ध अन्त्य गर्न स्पष्ट अपिल गरेका छन्।

टाइम्स अफ इजरायलले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘अब गाजा। अब त्यहाँ पनि अन्त्य गर्ने समय हो। बन्धकहरू फिर्ता ल्याउनुहोस्, युद्ध समाप्त गर्नुहोस्। इजरायलले अब पुनर्निर्माण सुरु गर्नुपर्छ।’

दक्षिणपन्थी नेताले भने, ‘घाइते सिंहलाई नछोड’

उता इरानसँगको युद्धविरामको विरोध गर्दै दक्षिणपन्थी इजराय बेइतेनु पार्टीका नेता एभिगडोर लिबरम्यानले इरानसँगको युद्धविराम ठूलो गल्ती भएको टिप्पणी गरेका छन्।

उनले एक्समा भनेका छन्, ‘घाइते सिंहलाई छोड्नुभन्दा खतरनाक अरु केही हुँदैन। यसले हामीलाई आगामी दुई–तीन वर्षभित्र अझ भयावह परिस्थितिमा अर्को युद्धतर्फ लैजान्छ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : ०२ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक