इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू « Khabarhub

इरानसँग युद्धविरामपछि नेतन्याहूलाई दबाब- गाजामा पनि आक्रमण गर्नू


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानसँग १२ दिन लामो संघर्षपछि युद्धविरामको घोषणा भएसँगै इजरायलका विपक्षी नेताहरूले अब गाजा क्षेत्रमा पनि युद्ध अन्त्यको माग अघि सारेका छन्।

वाम लोकतान्त्रिक विचारधाराको पार्टीका नेता याएर गोलनले बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारलाई गाजामा शान्ति स्थापनाको पहल गर्न आग्रह गरेका छन्।

‘अब बन्धकहरू फिर्ता ल्याउने र युद्ध अन्त्य गर्ने समय हो’, उनले भनेका छन् । गोलनले एक्समा लेख्दै अब मिशन पूरा गर्ने समय रहेको सरकारलाई भनेका हुन् ।

‘सबै बन्धकहरू फिर्ता ल्याउनुहोस्, गाजामा युद्ध अन्त्य गर्नुहोस् र इजरायललाई कमजोर, विभाजित र असुरक्षित बनाउने सत्ता कब्जाको प्रयासलाई स्थायी रूपमा रोकिनुहोस्’, उनले भनेका छन्।

यसैबीच पूर्वप्रधानमन्त्री र विपक्षी नेता याएर लापिडले पनि गाजामा युद्ध अन्त्य गर्न स्पष्ट अपिल गरेका छन्।

टाइम्स अफ इजरायलले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘अब गाजा। अब त्यहाँ पनि अन्त्य गर्ने समय हो। बन्धकहरू फिर्ता ल्याउनुहोस्, युद्ध समाप्त गर्नुहोस्। इजरायलले अब पुनर्निर्माण सुरु गर्नुपर्छ।’

दक्षिणपन्थी नेताले भने, ‘घाइते सिंहलाई नछोड’

उता इरानसँगको युद्धविरामको विरोध गर्दै दक्षिणपन्थी इजराय बेइतेनु पार्टीका नेता एभिगडोर लिबरम्यानले इरानसँगको युद्धविराम ठूलो गल्ती भएको टिप्पणी गरेका छन्।

उनले एक्समा भनेका छन्, ‘घाइते सिंहलाई छोड्नुभन्दा खतरनाक अरु केही हुँदैन। यसले हामीलाई आगामी दुई–तीन वर्षभित्र अझ भयावह परिस्थितिमा अर्को युद्धतर्फ लैजान्छ।’

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : ०२ बजे

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता

अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’

काठमाडौं – अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका