स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता « Khabarhub

स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मेरुदण्डका रूपमा परिभाषित गरेका छन् ।

नागार्जुन नगरपालिकाको ११औँ नगरसभा उद्‌घाटन समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गुप्ताले स्थानीय तहमार्फत जनतासम्म सेवा, विकास र सुशासन पुर्‍याउन सकिने बताए। 

उनले भने, ‘स्थानीय सरकारहरू नागरिकका नजिकको सरकार हुन्, ती नै सङ्घीयताको मेरुदण्ड हुन् । जब स्थानीय तह सबल र पारदर्शी हुन्छन्, तब मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ ।’

मन्त्री गुप्ताले नागार्जुन नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई सन्तुलित तथा समावेशी भन्दै प्रशंसा गरे। उनले शिक्षामा गुणस्तर वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य पहुँच, वातावरण संरक्षण तथा सूचना प्रविधिमा नगरपालिकाको प्राथमिकता स्वागतयोग्य भएको बताए।

उनले भने, ‘नागार्जुन नगरपालिकाले समावेशी विकासको दृष्टिकोण अपनाउँदै सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिरहेको छ, जुन अत्यन्त सराहनीय छ । अन्य पालिकाले पनि यस्तो अभ्यासबाट प्रेरणा लिनुपर्छ ।’

नगरसभामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : ०८ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र