युद्धविरामसँगै इरानी आक्रमणमा ५ इजरायलीको मृत्यु, इरानका अर्का वैज्ञानिक मारिए « Khabarhub

युद्धविरामसँगै इरानी आक्रमणमा ५ इजरायलीको मृत्यु, इरानका अर्का वैज्ञानिक मारिए


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि पनि इरान र इजरायलबीच तनाव जारी छ ।

ट्रम्पको घोषणालाई अस्वीकार गरेको केही समयमै इरानले इजरायलमाथि ब्यालिस्टिक मिसाइल आक्रमण गरेको थियो ।

युद्धविराम अस्वीकार गरेपछि इरानले इजरायलमाथि ६ पटक आक्रमण गरेको थियो । यद्यपि अहिले इरानले युद्धविराम पालना गरिसकेको छ।

इरानी विदेशमन्त्रीले ट्रम्पको युद्धविराम घोषणालाई सुरूमा अस्वीकार गरेका थिए । ‘इजरायलसँग कुनै पनि औपचारिक युद्धविराम सहमति भएको छैन। यदि इजरायलले आक्रमण रोकेको खण्डमा मात्र इरानले पनि आक्रमण बन्द गर्नेछ’, उनले भनेका थिए ।

यसपछि केही घण्टामै इरानले इजरायलमाथि ६ पटक ब्यालिस्टिक मिसाइल आक्रमण गरेको थियो । टाइम्स अफ इजरायलका अनुसार एक मिसाइल बेरशेबा सहरको अपार्टमेन्ट भवनमा खसेको थियो।

यो आक्रमण अहिलेसम्म ५ जना इजरायली नागरिकको मृत्यु भइसकेको छ भने २० भन्दा बढी घाइते भएका छन्।

इजरायली होम फ्रन्ट कमाण्ड र दमकल टोलीले भवनको भग्नावशेषबाट थप एउटा शव निकालेपछि मृतक संख्या ५ पुगेको हो। घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्यको उपचार जारी छ ।

उता पनि अर्का इरानी परमाणु वैज्ञानिकको हत्या गरेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार सोमबार राति इजरायली आक्रमणमा इरानी परमाणु वैज्ञानिक मोहम्मद रजा सदिघीको मृत्यु भएको छ।

यससँगै इजरायली अपरेशनमा मारिएका इरानी परमाणु वैज्ञानिकको संख्या अब १८ पुगेको छ। यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनेईले एक्समार्फत् जनतालाई सम्बोधन गरेका छन् ।

‘इरानी जनताले तानाशाहहरूको धम्कीबाट उनीहरू डराउँदैनन् भन्ने फेरि प्रमाणित गरेका छन्। इरानीहरू कहिल्यै आत्मसमर्पण गर्ने छैनन्’, उनले भनेका छन् ।

इरानी सेना कमाण्डरले फेरि हमला भएमा इतिहासमा दर्ज हुने जवाफ दिने बताएका छन् । इस्लामिक रिभोलुसन गार्ड्स कोरका कमाण्डर मेजर जनरल मोहम्मद पाकपुरले अमेरिका र इजरायललाई चेतावनी यसो भनेका हुन् ।

‘यदि अमेरिका वा इजरायलले पुनःहमला गर्ने दुस्साहस गरेमा त्यसको जवाफ अघिल्लो भन्दा खतरनाक हुनेछ। उनीहरूले इतिहासमै कहिल्यै नबिर्सने पाठ सिक्नेछन्’, उनले भनेका छन् ।

अमेरिकाद्वारा इरानका तीनवटा परमाणु केन्द्रमाथि गरिएको आक्रमणको जवाफस्वरूप, इरानले कतारस्थित अमेरिकी अल-उदिद एयर बेसमा मिसाइल प्रहार गरेको थियो ।

यद्यपि यो बेस बहुपरतीय सुरक्षा प्रणालीबाट सुरक्षित मानिन्छ, तर इरानी मिसाइलहरूले त्यसमा उल्लेखनीय क्षति पुर्‍याएको पाकपुरले दाबी गरेका छन्।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : १९ बजे

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव

बंगलादेशी फिल्म ‘शार्क’को पोस्टरमा यस्तो देखिए प्रमोद अग्रहरी

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार