सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछ : मुख्यमन्त्री पाण्डे « Khabarhub

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछ : मुख्यमन्त्री पाण्डे


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारकर्मीले सत्यतथ्य समाचार प्रकाशन-प्रशारण गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा आज पोखरामा आयोजित ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्‌घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘कतिपय अवस्थामा मिडियाले सत्यतथ्य समाचार सम्प्रेषण नगर्दा दुःख लाग्छ ।’

सूचनाको हक लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएकाले गण्डकी प्रदेश सरकारले मिडिया नियन्त्रण गर्न नचाहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सत्यतथ्य समाचारको पक्षमा सधैँ उभिने स्पष्ट पारे। उनले भने, ‘स्वतन्त्रताको नाममा छाडातन्त्र भएकाले सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक देखिन्छ ।’ 

प्रमाणका आधारमा समाचार प्रकाशित भयो कि भएन भनेर पत्रकार आफैँले मनन गर्न जरुरी भएको जिकिर गर्दै उनले मनको तृष्ण मेटाउन जिम्मेवार पेसाको  दुरुपयोग गर्न नहुने सुझाव दिए। 

आम नागरिकलाई राज्यको कामकारबाहीका बारेमा जानकारी दिनु सरकारको दायित्व भएको बताउँदै उनले पत्रकारिता केवल सूचना दिने माध्यम मात्र नभई समाजमा उत्तरदायित्व, पारदर्शिता र सुशासन सुनिश्चित गर्ने खम्बा रहेको उनले उल्लेख गरे । लोकतन्त्रमा मात्र पत्रकारिता फस्टाउन सक्ने भएकाले सञ्चारकर्मीले यसबारे कलम चलाउनुपर्नेमा उनले जोड दिए।

पोखरा उच्च अदालत बार एसोसिएसन, कास्कीका अध्यक्ष शालिग्राम भट्टराईले नेपालको संविधानले सूचनाको हक प्राप्त गर्ने अधिकार दिएकाले अधिकारबाट कोही वञ्चित हुन नहुने बताए । लोकतन्त्र बलियो बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । 

नागरिक समाजका तर्फबाट बोल्दै नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जनताले उठाएका कुरालाई चासो दिएर सूचना प्रवाह गर्न सके मात्र लोकतन्त्रको अनुभूति गर्न सकिने बताए।

‘अब पत्रकारहरूले पारदर्शीका कुरा मात्र हैन, मुलुकको संरचनामा पनि बहस गर्नुपर्ने बेला आएको छ’, उनले भने।  

महासङ्घका अध्यक्ष उमिद वादचन्दको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महासङ्घका महासचिव पूर्णप्रसाद मिश्रले सूचनाको हक र वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए ।  

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ११ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र