रास्वपालाई फकाउँदै प्रचण्ड, भने- रविलाई अन्याय हुन नदिन अन्तिमसम्म प्रयास गर्दैछु « Khabarhub

रास्वपालाई फकाउँदै प्रचण्ड, भने- रविलाई अन्याय हुन नदिन अन्तिमसम्म प्रयास गर्दैछु


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रवि लामिछानेलाई अन्याय हुन नदिन आफू प्रयासरत रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले आफूले गरेको प्रयास रास्वपाका नेताहरूले एक दिन बुझ्ने पनि जिकिर गरे ।

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा रास्वपालाई एक्लै छाडेर सहमति गरेको प्रसंगमा बोल्दै उनले यस्तो भनेका हुन् ।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘यसमा अहिले रास्वपालाई धेरै भन्ने पक्षमा छैन । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्न निम्ति अन्तिम समयसम्म प्रयास गरेँ । अझै गर्दैछु । रास्वपाका साथीहरूले एक दिन बुझ्नुहुन्छ’, उनले भने ।

भिजिट भिसा प्रकरण छानबिनका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र तथा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानविन समिति बनेको छ ।

तर, मंगलबार बसेको संसद् बैठकमा रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त समितिलाई अस्वीकार गर्दै गृहमन्त्रीको कर्तुत ढाकछोपको प्रयास भनेका छन्।

यसैबीच मंगलबार सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच छलफल भएको छ।

उक्त छलफलमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए । उता नेकपा एकीकृतबाट अध्यक्ष माधवकुमार नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी थिए।

छलफलमा सरकारले सोमबार गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन समितिबारे छलफल भएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ५६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल