आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री « Khabarhub

आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको बताएका छन्  ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले स्रोत र खर्च व्यवस्थापनमा यथार्थपरक भएर बजेट विनियोजन गरिएकाले यसको पूर्ण कार्यान्वयन हुने बताए ।

उनले बजेटको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सम्भव रहेको उल्लेख गरे ।

त्यस्तै पौडेलले पछिल्लो समय शिथिलतामा रहेको अर्थतन्त्र क्रमशः चलायमान हुँदै गइरहेको र अर्थतन्त्रका समग्र परिसूचकमा सकारात्मक सुधार भइरहेको जिकिर गरे । उनले चालु आर्थिक वर्षको तुलनामा पुँजीगत खर्चतर्फ १७ प्रतिशत बढी विनियोजन गरिएको उल्लेख गरे ।

पौडेलले केही अपवादबाहेक कार्य विस्तृतीकरण प्रतिवेदन, आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमामा रहेर बजेट निर्माण गरिएको बताए । 

उनले निर्माण व्यवसायीको बाँकी भुक्तानीका सम्बन्धमा देखिएको समस्या आगामी आर्थिक वर्षमा नदोहरिने दाबी गरे । सुनका गहनामा लगाइएको विलासिता करले अवैध कारोबार नियन्त्रण हुने भन्दै उनले यसमा व्यवसायीलाई कुनै समस्या नहुने बताए । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : १२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी