आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री « Khabarhub

आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको बताएका छन्  ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले स्रोत र खर्च व्यवस्थापनमा यथार्थपरक भएर बजेट विनियोजन गरिएकाले यसको पूर्ण कार्यान्वयन हुने बताए ।

उनले बजेटको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सम्भव रहेको उल्लेख गरे ।

त्यस्तै पौडेलले पछिल्लो समय शिथिलतामा रहेको अर्थतन्त्र क्रमशः चलायमान हुँदै गइरहेको र अर्थतन्त्रका समग्र परिसूचकमा सकारात्मक सुधार भइरहेको जिकिर गरे । उनले चालु आर्थिक वर्षको तुलनामा पुँजीगत खर्चतर्फ १७ प्रतिशत बढी विनियोजन गरिएको उल्लेख गरे ।

पौडेलले केही अपवादबाहेक कार्य विस्तृतीकरण प्रतिवेदन, आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमामा रहेर बजेट निर्माण गरिएको बताए । 

उनले निर्माण व्यवसायीको बाँकी भुक्तानीका सम्बन्धमा देखिएको समस्या आगामी आर्थिक वर्षमा नदोहरिने दाबी गरे । सुनका गहनामा लगाइएको विलासिता करले अवैध कारोबार नियन्त्रण हुने भन्दै उनले यसमा व्यवसायीलाई कुनै समस्या नहुने बताए । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : १२ बजे

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर