उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ « Khabarhub

उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढेको बताएका छन् ।

उनले नेपाली कांग्रेस– नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गल्ती गरेको भन्दै पछुतो व्यक्त गरेका छन् ।

मंगलबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले बाहिर बसेर समर्थन गरे पनि असफल भएको निष्कर्ष निकालेर पछि हट्न लागेको बताए ।

उनले पार्टीको संसदीय समितिलाई समर्थन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारे । ‘हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ताको निर्णय लिएको छ, अब त्यहीअनुसार निर्णय हुन्छ’, उनले भने ।

यादवले कांग्रेस र एमालेबीचको सहकार्य नै सम्बन्धविच्छेदको अवस्थामा रहेको दाबी गरेका छन् । सरकार पूर्ण रुपमा असफल भएको पनि उनले दोहोर्‍याए । जसपा नेपालले यो सरकारलाई समर्थन गरेको थियो । तर, सरकारमा उसले सहभागिता जनाएको छैन ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ५७ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी