युद्धविराम घोषणापछि इरानमाथि ‘अनावश्यक आक्रमण’ले नेतन्याहूसँग रिसले आगो भए ट्रम्प « Khabarhub

युद्धविराम घोषणापछि इरानमाथि ‘अनावश्यक आक्रमण’ले नेतन्याहूसँग रिसले आगो भए ट्रम्प


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच भएको युद्धविराम उल्लंघनप्रति कडा असन्तुष्टि जनाएका छन्।

ट्रम्पले विशेष गरी इजरायलको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् । ‘तिनीहरूले युद्धविराम स्वीकृत गरेपछि यति धेरै बम खसाले, यस्तो त मैले जीवनमा कहिल्यै देखेको थिइनँ’, उनले भने, ‘मैले त १२ घण्टा भनेको हो, तिमीले पहिलो घण्टामै सबथोक खसाल्ने होइन ।’

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै युद्धविरामको पहिलो घण्टामै सबै बम इरानमाथि खसालेको भन्दै ट्रम्प आगो भएका एबीसी न्यूजले भिडियोसहितको समाचारमा उल्लेख गरेको छ।

‘मैले भनेको थिएँ– ‘तिमीहरूसँग १२ घण्टा छ’, उनले भने, ‘तर तिनीहरूले युद्धविरामको पहिलो घण्टामै सबै बम इरानमाथि खसाले । यसले त शान्ति प्रक्रियामाथि नै धावा बोलेको हो।’

इरानले पनि युद्धविरामको उल्लंघन गरेको बताएका उनी इजरायलप्रति विशेष रुपमा रिसाएका देखिएका छन् । ‘दुवै देशहरू लामो समयदेखि यति कठोर रूपमा लडिरहेका छन् कि तिनीहरूलाई आफैं के गर्दैछन् थाहा छैन,’ ट्रम्पले भने।

घटनाक्रम तनावपूर्ण बनेकोमा ट्रम्पले ट्रुथ सोसियलमा चिन्ता जनाएका छन् । ‘युद्धविराम अझै लागू छ। इजरायलले इरानमा आक्रमण गर्ने छैन। सबै विमान फर्किनेछन् । इरानतर्फ मैत्रीपूर्ण ‘प्लेन वेभ’ गर्नेछन्। कसैलाई चोट लाग्ने छैन’, उनले भने ।

नेतन्याहूले धोका दिए ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबाट धोखा खाएको अनुभूति गरेका छन्।

‘उनी इजरायल र इरान दुवैप्रति रिसाएका थिए, तर त्यो अतिरिक्त आक्रोश इजरायलमाथि लक्षित थियो,’ अलजजिराले भनेको छ ।

ट्रम्पले युद्धविरामका लागि नेतन्याहूलाई फोन गरेर समर्थन मागेका थिए । उता इरानलाई सहमत गराउन कतारको सहयोग लिएका थिए।

त्यसक्रममा ट्रम्पले नेतन्याहूलाई इरानमाथि आक्रमण नगर्न फोन गरेका थिए। तर नेतन्याहुले इरानले पहिले युद्धविराम उल्लंघन गरिसकेकाले आक्रमण आवश्यक रहेको जिकिर गरे । उनले सानो स्केल र थोरै लक्ष्यहरू मात्र आक्रमण गरिने बताएका थिए ।

राष्ट्रपति ट्रम्पको सार्वजनिक असन्तुष्टिले इजरायल दबाबमा परेको छ । नेतन्याहूले ‘विश्वासघात’ गरेको ट्रम्पले ठानेपछि इजरायल–अमेरिका सम्बन्धमा तनाव उत्पन्न भएको छ। युद्धविरामको भविष्य अझै अन्योलमा छ । अब यो आगामी घण्टा–दिनहरूमा दुवै पक्षको व्यवहारमा निर्भर रहनेछ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ४९ बजे

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता