युद्धविराम घोषणापछि इरानमाथि ‘अनावश्यक आक्रमण’ले नेतन्याहूसँग रिसले आगो भए ट्रम्प « Khabarhub

युद्धविराम घोषणापछि इरानमाथि ‘अनावश्यक आक्रमण’ले नेतन्याहूसँग रिसले आगो भए ट्रम्प


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच भएको युद्धविराम उल्लंघनप्रति कडा असन्तुष्टि जनाएका छन्।

ट्रम्पले विशेष गरी इजरायलको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् । ‘तिनीहरूले युद्धविराम स्वीकृत गरेपछि यति धेरै बम खसाले, यस्तो त मैले जीवनमा कहिल्यै देखेको थिइनँ’, उनले भने, ‘मैले त १२ घण्टा भनेको हो, तिमीले पहिलो घण्टामै सबथोक खसाल्ने होइन ।’

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै युद्धविरामको पहिलो घण्टामै सबै बम इरानमाथि खसालेको भन्दै ट्रम्प आगो भएका एबीसी न्यूजले भिडियोसहितको समाचारमा उल्लेख गरेको छ।

‘मैले भनेको थिएँ– ‘तिमीहरूसँग १२ घण्टा छ’, उनले भने, ‘तर तिनीहरूले युद्धविरामको पहिलो घण्टामै सबै बम इरानमाथि खसाले । यसले त शान्ति प्रक्रियामाथि नै धावा बोलेको हो।’

इरानले पनि युद्धविरामको उल्लंघन गरेको बताएका उनी इजरायलप्रति विशेष रुपमा रिसाएका देखिएका छन् । ‘दुवै देशहरू लामो समयदेखि यति कठोर रूपमा लडिरहेका छन् कि तिनीहरूलाई आफैं के गर्दैछन् थाहा छैन,’ ट्रम्पले भने।

घटनाक्रम तनावपूर्ण बनेकोमा ट्रम्पले ट्रुथ सोसियलमा चिन्ता जनाएका छन् । ‘युद्धविराम अझै लागू छ। इजरायलले इरानमा आक्रमण गर्ने छैन। सबै विमान फर्किनेछन् । इरानतर्फ मैत्रीपूर्ण ‘प्लेन वेभ’ गर्नेछन्। कसैलाई चोट लाग्ने छैन’, उनले भने ।

नेतन्याहूले धोका दिए ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबाट धोखा खाएको अनुभूति गरेका छन्।

‘उनी इजरायल र इरान दुवैप्रति रिसाएका थिए, तर त्यो अतिरिक्त आक्रोश इजरायलमाथि लक्षित थियो,’ अलजजिराले भनेको छ ।

ट्रम्पले युद्धविरामका लागि नेतन्याहूलाई फोन गरेर समर्थन मागेका थिए । उता इरानलाई सहमत गराउन कतारको सहयोग लिएका थिए।

त्यसक्रममा ट्रम्पले नेतन्याहूलाई इरानमाथि आक्रमण नगर्न फोन गरेका थिए। तर नेतन्याहुले इरानले पहिले युद्धविराम उल्लंघन गरिसकेकाले आक्रमण आवश्यक रहेको जिकिर गरे । उनले सानो स्केल र थोरै लक्ष्यहरू मात्र आक्रमण गरिने बताएका थिए ।

राष्ट्रपति ट्रम्पको सार्वजनिक असन्तुष्टिले इजरायल दबाबमा परेको छ । नेतन्याहूले ‘विश्वासघात’ गरेको ट्रम्पले ठानेपछि इजरायल–अमेरिका सम्बन्धमा तनाव उत्पन्न भएको छ। युद्धविरामको भविष्य अझै अन्योलमा छ । अब यो आगामी घण्टा–दिनहरूमा दुवै पक्षको व्यवहारमा निर्भर रहनेछ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ४९ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।