४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके | Khabarhub Khabarhub

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट तोकिएको समयमै पेस गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले उपलब्ध गराएको विवरणअनुसार ४६० मध्ये ४४५ गाउँपालिकाले असार १० गतेको संवैधानिक समयसीमाभित्र बजेट सभामा प्रस्तुत गरेका हुन् । तर, १५ वटा गाउँपालिका भने विभिन्न कारणले समयमा बजेट ल्याउन असफल भएका छन् ।

नेपालको संविधान र संघीय कानुनले स्थानीय तहलाई असार १० गतेभित्र आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । महासंघका अनुसार स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरूको यो चौथो बजेट हो र समग्रमा सहभागिता उत्साहजनक रहेको छ ।

यद्यपि, १५ गाउँपालिकामा सभाको अधिवेशन नै सुरु हुन सकेको छैन भने एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।

महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलद्वारा जारी विज्ञप्तिअनुसार समयमा बजेट पेस गर्न नसक्नुका पछाडि विभिन्न कारणहरू देखिएका छन् ।

जसमध्ये अध्यक्ष अस्वस्थ हुनु, जनप्रतिनिधिहरू कार्यक्षेत्र बाहिर रहनु, उनीहरूबीच आपसी द्वन्द्व हुनु, बजेट विनियोजनमा विवाद देखिनु तथा तयारीका लागि पर्याप्त समय नपुग्नु जस्ता कारण प्रमुख रहेका छन् ।

मधेश प्रदेशमा सबैभन्दा बढी समस्या

प्रदेशगत तथ्यांक हेर्दा कोशी र सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिकाहरूले शतप्रतिशत बजेट प्रस्तुत गरेका छन्, जुन प्रशंसनीय छ ।

सबैभन्दा कमजोर प्रदर्शन मधेश प्रदेशको देखिएको छ, जहाँ ५९ मध्ये ९ वटा गाउँपालिकाले समयमा बजेट ल्याउन सकेनन् । मधेशमा ८५ प्रतिशत मात्रै प्रगति देखिएको छ ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका २र२ तथा बागमती र कर्णाली प्रदेशका १र१ गाउँपालिकाले पनि समयसीमा गुमाएका छन् ।
महासंघले बाँकी रहेका गाउँपालिकाहरूले पनि केही दिनभित्रै सभा सुरु गर्ने जानकारी प्राप्त भएको जनाएको छ ।

स्थानीय तहमा देखिएका विवाद र समस्या समाधान गरी समयमै बजेट पारित गर्नु अबको चुनौती हुनेछ ।

क्र.सं.प्रदेशजम्मा गाउँपालिकाबजेट पेश गरेकाबाँकीप्रतिशत
१.कोशी८८८८१००
२.मधेश५९५०८५
३.बागमती७४७३९९
४.गण्डकी५८५६९७
५.लुम्बिनी७३७१९७
६.कर्णाली५४५३९८
७.सुदूरपश्चिम५४५४१००
जम्मा४६० ४४५१५९७

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : २३ बजे

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान