विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव « Khabarhub

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २० औं संस्करण असार १५ गते पोखरा महानगरपालिका वडा नं २६ स्थित गुँदेताल क्षेत्रमा हुने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ २०६१ साल यता गरिँदै आइएको महोत्सव यस वर्ष गुँदेताल क्षेत्र गरिने जानकारी दिए ।

यस संस्करणको महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूह ‘पोखरा २६’ ले गर्नेछ । महोत्सवको प्रवर्धकका रूपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य संघले सहकार्य गरेका छन् ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा थप टेवा पुर्‍याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्धन गर्ने लगायतका उद्देश्य राखिएको छ ।

लेखनाथ क्षेत्रमा गुँदेलगायत सात ताल रहेको र यस्तो महोत्सवले यी तालको प्रचारप्रसारसँगै समग्र लेखनाथको पर्यटकीय महत्वलाई उजागर गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान, विभिन्न कलाकारद्वारा सांगीतिक प्रस्तुति लगायतका कार्यक्रम राखिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले बताए ।

पछिल्लो समय आधुनिक तरिकाले ट्रयाक्टरबाट खनजोत हुने गरेको र परम्परागत हल गोरुले जोत्ने चलन हराउँदै गएको स्थानीय समाजसेवी वामदेव ढुंगानाले बताए ।

यो रोपाइँ महोत्सवमा परम्परालाई चिनाउन र जोगाउन पनि सात हल गोरुको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ४१ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन