अभिनेत्री नन्दाले शशि कपुरलाई लगाएको त्यो गुन | Khabarhub Khabarhub

अभिनेत्री नन्दाले शशि कपुरलाई लगाएको त्यो गुन

अमिताभ बच्चनसँग जम्यो जोडी



भारतीय सिनेमाका चर्चित अभिनेता शशि कपूरले आफ्नो करिअरको आरम्भ निकै चुनौतीपूर्ण परिस्थितिबाट गरेका थिए। प्रारम्भिक दिनमा उनी र उनकी पत्नी जेनिफर केन्डल गहिरो आर्थिक संकटमा परेका थिए। जहाँ उनीहरूलाई जीवन धान्न आफ्नै व्यक्तिगत सम्पत्ति बेच्नुपरेको थियो। शशिको मनपर्ने स्पोर्ट्स कार समेत बेच्नु परेको यो कठिन समय उनीहरूको जीवनको सबैभन्दा संघर्षपूर्ण चरण थियो।

शशिको अभिनय यात्रा सन् १९६१ मा फिल्म धर्मपुत्रबाट शुरू भएको हो। तर यो फिल्मले उनलाई तत्कालै सफलता दिलाएन। नयाँ अनुहार भएकाले बलिउडका धेरै प्रख्यात अभिनेत्रीहरूले उनीसँग काम गर्न अस्वीकार गरे। यस्तो अवस्थामा अभिनेत्री नन्दाले मात्र उनलाई साथ दिइन्, जसले शशिलाई अभिनय क्षेत्रमा जम्न ठूलो अवसर दिइन्।

नन्दा सन् १९६० र ७० दशकको दशकमा भारतीय, हिन्दी एवं मराठी चलचित्र जगतकी एक शीर्ष अभिनेत्रीमध्ये एक थिइन्। नन्दाको लोकप्रिय चलचित्रमा छोटी बहेन, धूलका फूल, भाभी, काला बजार, कानून, हम दोनॊं, जब जब फूल खिले, गुमनाम, इत्तेफाक, द ट्रेन र प्रेम रोग लगायत धेरै सफल फिल्म पर्दछन्।

नन्दा सन् १९६० र ७० दशकको दशकमा भारतीय, हिन्दी एवं मराठी चलचित्र जगतकी एक शीर्ष अभिनेत्रीमध्ये एक थिइन्।

लामो संघर्षपछि सन् १९७१ मा आएको फिल्म शर्मीली व्यावसायिक रूपमा सफल भयो, जसले शशि कपूरको करिअरको दिशा परिवर्तन गरिदियो र उनी परिवारसहित आर्थिक रूपमा स्थिर बने।

यद्यपि पर्दा पछाडिको जीवन यति सहज थिएन। शशि र जेनिफरको वैवाहिक सम्बन्ध कलात्मक सपना र संघर्षबीचको मिश्रण थियो। रंगमञ्चप्रति उनीहरूको समान प्रेम भए पनि प्रसिद्धि प्राप्त गर्नुअघि उनीहरूले बारम्बार अभाव र निराशाको सामना गरे।

शशि कपूरको जीवनमा दुःखद मोड तब आयो जब उनकी पत्नी जेनिफर केन्डलको सन् १९८४ मा क्यान्सरका कारण निधन भयो। २६ वर्ष लामो वैवाहिक सम्बन्धपछि भएको यो वियोगले शशिलाई गहिरो रूपमा प्रभावित गर्‍यो। उनी सार्वजनिक जीवनबाट टाढिँदै गए। शशि कपूर लामो समयसम्म पीडादायी रोगले थलिए। उनी आन्द्रा र किड्नीमा देखिएको गम्भीर रोगका कारण सन् २०१७ डिसेम्बर ५ मा यो लोकबाट बिदा भए। उनका तीन सन्तान छन्।

शशि कपूरको जीवनमा दुःखद मोड तब आयो जब उनकी पत्नी जेनिफर केन्डलको सन् १९८४ मा क्यान्सरका कारण निधन भयो। २६ वर्ष लामो वैवाहिक सम्बन्धपछि भएको यो वियोगले शशिलाई गहिरो रूपमा प्रभावित गर्‍यो।

शशि कपूर, भारतीय चलचित्र जगतका एक बहुप्रशंसित अभिनेता थिए, जसले १९६० देखि ८० को दशकसम्म धेरै सुपरहिट फिल्मदिए। उनले अभिनय गरेका थुप्रै फिल्म आज पनि दर्शकको मनमा अमिट छन्। सन् १९६५ मा रिलिज भएको जबजब फूल खिले फिल्मबाट उनी एक रोमाञ्चक हिरोको रूपमा स्थापित भए, जहाँ नन्दा सँगको उनको जोडी निकै मन पराइयो।

त्यसपछि आएको दीवार १९७५० फिल्ममा अमिताभ बच्चनको इमान्दार भाइको भूमिका निभाएर उनले अपार लोकप्रियता कमाए। यस फिल्मको ‘माँ, मुझे माफ करना’ भन्ने संवाद अझै पनि दर्शकबीच चर्चित छ।

कभी कभी (१९७६०) र सत्यम शिवम् सुन्दरम् (१९७८०) जस्ता प्रेम प्रधान चलचित्रमा शशिको सौम्य र गम्भीर अभिनयले उनीप्रतिको सम्मान अझै बढाएको थियो। त्रिशूल (१९७८०) मा उनको सशक्त चरित्रले कथा र भावनालाई बलियो बनायो भने सिलसिला (१९८१) मा उनले प्रेम त्रिकोणमा सन्तुलन ल्याउने भूमिका निभाए। नमक हलाल (१९८२) मा अमिताभ बच्चनसँगको उनको हास्यपूर्ण केमेस्ट्रीले दर्शकलाई खुब हँसाएको थियो।

शशि कपूरको जीवन केवल स्टारडमको कथा होइन, यो एक यस्तो प्रेरणादायी यात्रा हो। जसमा संघर्ष, प्रेम, त्याग र दृढ इच्छाशक्ति स्पष्ट देखिन्छ।

शशि कपूरको अभिनय क्षमताको अर्को रूप काला पत्थर (१९७९) मा देखियो, जहाँ उनले एक इन्जिनियरको भूमिका निर्वाह गर्दै सामाजिक अन्यायको विरोध गरे। त्यसैगरी शर्मीली (१९७१) फिल्म शशिको करिअरमा टर्निङ प्वाइन्ट सावित भयो, जहाँ राखीसँगको उनको केमेस्ट्रीलाई अत्यधिक रुचाइयो। फकीरा (१९७६) जस्तो एक्सन प्रधान चलचित्र र रोटी कपड़ा और मकान (१९७४) जस्तो सामाजिक सन्देश बोकेको फिल्मले पनि उनको अभिनयको विविधता प्रमाणित गर्‍यो।

शशि कपूरको जीवन केवल स्टारडमको कथा होइन, यो एक यस्तो प्रेरणादायी यात्रा हो। जसमा संघर्ष, प्रेम, त्याग र दृढ इच्छाशक्ति स्पष्ट देखिन्छ। उनी र उनकी पत्नीको कठिन परिश्रम, नन्दाजस्तो सहकर्मीको साथ र कलाप्रतिको समर्पणले आज पनि उनलाई भारतीय सिनेमा इतिहासको एक अमर नायकको रूपमा स्मरण गरिन्छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : २९ बजे

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

सुनसरी – अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका-४ स्थित कोशी

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा – गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी – म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ – यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी