भक्तपुरको बोडेमा सुर्खेतका दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला | Khabarhub Khabarhub

भक्तपुरको बोडेमा सुर्खेतका दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

बोडेको सिन्टिटार स्थित चक्रधर प्रजापतिको दुई तले घरको भुइँ तलाको प्यासेजमा फलामको डन्डीमा एउटै नाइलनको डोरी पासो लगाई झुण्डिएको अवस्थामा बिहीबार बिहान दुई दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ९ : २८ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको