स्याङ्जामा ऐतिहासिक महत्वका चौतारो संरक्षण | Khabarhub Khabarhub

स्याङ्जामा ऐतिहासिक महत्वका चौतारो संरक्षण


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जामा गत आर्थिक वर्ष २०८१–०८२ मा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको छ ।

गण्डकी प्रदेशबाट विनियोजन भई पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाबाट कार्यान्वयन आएका स्याङ्जाका नौ वटा योजनामा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले बताए । जिल्लाका विभिन्न भागमा पदमार्गका मात्रै नौ योजना निर्माण भएका हुन् ।

‘जिल्लाका धार्मिक, ऐतिहासिक, पुरातात्विक, पर्यटकीय महत्वका स्थलसम्म पुग्नका लागि सहज पहुँच मार्ग निर्माण गर्ने गरी कार्यान्वयन भएका नौ वटा पदमार्गका मात्रै थिए’ उनले भने, ‘विनियोजित बजेटका आधारमा लागतका आधारमा साढे तीन किमी बढी पदमार्ग निर्माण भएको हो ।’

कूल असी लाख ९९ हजार ९८३ को लागतमा पदमार्ग, फलाम तथा स्टिलको रेलिङ र चौतारा निर्माण गरिएको हो ।

नौ वटा योजनाहरुमध्ये कङ्क्रिट ढलान पदमार्ग दुई हजार ४६७ मिटर, छपनी ढुङ्गा लगाएको पदमार्ग एक हजार ८०३ मिटर र सुख्खा छपनी ढुङ्गाको पदमार्ग एक हजार सात मिटर रहेको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका ईञ्जिनीयर फणिन्द्रकुमार रौनियारले बताए ।

स्याङ्जामा गण्डकी प्रदेशमार्फत रकम विनियोजन भई पर्यटन तथा उद्योग कार्यालयबाट कार्यान्वयनमा आएका योजनामा पुतलीबजार–८ को कैलाश गुफा जाने पदमार्ग, आँधीखोला –६ मा निर्मित देउराली बिसौना हुँदै फापरथुम जाने पदमार्ग, आँधीखोला–३ मा ठुलो छहरा पर्यटकीय पूर्वाधार निर्माण, फेदीखोला–२ मा कमेरेखोला खहरे नुवाकोट पदमार्ग, अर्जुनचौपारी –१ मा जलबराह पञ्चकन्या ग्रामीण पर्यटकीय पूर्वाधार रहेका छन् ।

त्यस्तैगरी चापाकोट नगरपालिका–४ मल्याङकोट मन्दिर जाने पदमार्ग, वालिङ–९ र ११ जोड्ने सुर्कौदीदेखि पेखुसम्म पर्यटकीय पदमार्ग, गल्याङ–११ निमाघाट पदमार्ग निर्माण र कालीगण्डकी गाउँपालिका–३ र ४ जोड्ने फुस्रेखोला चण्डीथान बैघागाउँ पदमार्ग रहेका छन् ।

धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्वका स्थलसम्म पुग्नका लागि पदमार्ग निर्माणसँगै सहज भएको ईञ्जिनीयर रौनियार बताउँछन् ।

गण्डकी प्रदेशबाट स्याङ्जामा गत आर्थिक वर्ष २०८१–०८२ मा कूल ३० वटा योजना कार्यान्वयनमा रहेका थिए । जसमध्ये २९ वटा योजना निर्माण सम्पन्न भएका छन् भने एउटा योजना निर्माण नभएपछि बजेट फिर्ता भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ । (रासस)

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १२ : ४८ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको