सपोर्ट लघुवित्तको खुद नाफा १४० प्रतिशतले बढ्यो  | Khabarhub Khabarhub

सपोर्ट लघुवित्तको खुद नाफा १४० प्रतिशतले बढ्यो 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा १४० प्रतिशतले वृद्धि देखिएको छ । 

गत आवको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १४०.६३ प्रतिशतले बढेर ५ करोड ११ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत आवमा भने उक्त नाफा २ करोड १२ लाख ७७ हजार रुपैयाँ मात्र थियो । 

लघुवित्तको खुद नाफा र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । लघुवित्तको गत आवमा बैंकको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशतले बढेर १३ करोड ५२ लाख ६० हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २७.५५ प्रतिशतले बढेर २ करोड ७४ लाख २७ हजार रुपैयाँ पुगेको छट । 

लघुवित्तको नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा बढेर ४१ रुपैयाँ ८१ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात (पिइ रेसियो) ५५.२२ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०.०७ प्रतिशतले बढेर १६९ रुपैयाँ ६२ पैसा रहेको छ ।

लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ र हुँदा जगेडा कोषमा ८ करोड ५२ लाख रुपैयाँ सञ्चित रहेको वित्तिय विवरणमा उल्लेख छ । गत आवमा लघुवित्तले १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ सापटी तथा ४६ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १ : १८ बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्