सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सामान्य बढ्दा वितरणयोग्य नाफामा उछाल  « Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सामान्य बढ्दा वितरणयोग्य नाफामा उछाल 


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिरहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ भने वितरणयोग्य नाफामा उछाल आएको छ । 

गत आर्थिक वर्षमा बैंकको ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ । चालु आवको बैंकको नाफा ६.५१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा बैकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ मात्र गरेको थियो । 

बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । जुन अघिल्लो आवको तुलनामा २१३.८१ प्रतिशत बढी हो । अघिल्लो आवको यस्तो नाफा बैंकको १३ करोड १८ लाख ७६ हजार रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा बैंकको इपीयस ०.४० प्रतिशतले वृद्धि भएर १५ रुपैयाँ १० पैसा पुगेको छ भने पिइ रेसियो ३०.६५ रहेको छ । प्रतिशेयर नेटवर्थ ११.९० प्रतिशतले वृद्धि भएर १५६ रुपैयाँ ७१ पैसा रहेको छ । बैंकको खरब कर्जा ५.६४ प्रतिशत पुगेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ  रहेको बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । बैंकले गत वर्ष ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १ : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली