दरमखोला हाइड्रो इनर्जीको आईपीओ ‍खुल्दै « Khabarhub

दरमखोला हाइड्रो इनर्जीको आईपीओ ‍खुल्दै


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीअ‍ोमा यही साउन १५ गतेदेखि निष्कासन हुने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चारणमा आईपीओ निष्कासन  गर्ने छ । त्यसपश्चात् सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्कासन गर्ने छ । 

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ । 

यसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि बाँडफाँड गर्ने छ । 

कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर छुट्याएको छ । 
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्न गर्ने छ । 

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १ : ५२ बजे

करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा– यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री