राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ । महासंघका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो । 

उनीहरूले राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकता विहीन जेष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्ने लगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखेका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले जेष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताए।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  २ : १२ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको