बाजुरा दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

बाजुरा दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

सोही गाउँपालिका-५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेर आएको बा प ०३–००१ ज ०३३८ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

जीप दुर्घटनामा परी घाइते भएका जीप चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए । उनले एकै पटक सबै घाइतेलाई लैजान सम्भव नभएकाले पटकपटक गरेर सबैलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको बताए। 

दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जनाउँदै उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको मृत्यु बताए। 

दुर्घटनापछि हिमाली गाउँपालिकाले घाइतेको उद्धारका लागि एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ । 
 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ४ : ३५ बजे

महाकाली सामुदायिक वनले आयमूलक कार्यक्रममा लगानी बढाउँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिका-६ वञ्जरियास्थित महाकाली सामुदायिक वनले वन पैदावारको आम्दानीलाई

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक