एक वर्षमा सुर्खेतमा चार सय ७३ सवारी दुर्घटना, ३८ जनाको मृत्यु  | Khabarhub Khabarhub

एक वर्षमा सुर्खेतमा चार सय ७३ सवारी दुर्घटना, ३८ जनाको मृत्यु 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – आर्थिक वर्ष २०८१-०८२ मा सुर्खेतमा चार सय २३ सवारी दुर्घटनामा परि ३८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २९ जना पुरूष जसमध्ये १२ जना चालक, १ बालक, ६ जना महिला र तीन जना बालिका रहको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । 

आर्थिक वर्ष २०८०-०८१ मा सुर्खेत जिल्लाभर छ सय ७३ वटा सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु, एक हजार एक सय ८४ घाईते भएका थिए भने आर्थिक वर्ष २०८१-०८२ मा जिल्लाभर चार २३ वटा सवारी दुर्घटनामा परी ३८ जनाको मृत्यु, नौ सय ३६ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए ।

‘जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी दुर्घटना न्यूनीकरण गर्नुको साथै राजश्व र ट्राफिक सचेतनामूलक कार्यक्रममा उल्लेखनीय वृद्धि गरेको छ,’ उनले भने, ‘आर्थिक वर्ष २०८०-०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार आठ सय ४२ सवारी साधनहरूलाई कारबाही गरी एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो ।’

आर्थिक वर्ष २०८१-०८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १७ हजार एक सय ५१ सवारी साधनहरूलाई कारबाही गरी बाफत एक करोड ४५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ जुन आर्थिक वर्ष  २०८०-०८१ को तुलनामा २९ लाख १५ हजार पाँचले वृद्धि भएको प्रहरी निरीक्षक सुनारले बताए । 

आर्थिक वर्ष २०८१-८२ मा दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख १३ हजार १०२ सवारी चालक, सह–चालक र पैदल यात्रीहरू लाभान्वित भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।  

कारबाहीमा परेका सवारी साधन मध्ये छ हजार सात सय ५० मोटर साईकल, जिप, कार, भ्यान तीन हजार ७२, ट्रक-टिपर, दुई हजार आठ सय ६१, अटो टेम्पो दुई हजार २५, बस तथा मिनी बस, एक हजार छ सय १४  र आठ सय २९ ट्याक्टर रहेका छन् ।

जसमध्ये मोटर साईकलबाट ५४ लाख २६ हजार, जिप, कार, भ्यानबाट २३ लाख ४६ हजार पाँच, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार पाँच, बस तथा मिनी बस, १४ लाख ४४ हजार पाँच सय  र  ट्याक्टरबाट छ लाख १३ हजार पाँच सय  रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी निरीक्षक सुनारले बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्यूनीकरण गर्नका लागि क्याम्पस, विद्यालय, पैदल यात्री , चालक, सह-चालक, सवारी धनी लक्षित दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको, लागूपदार्थ सेवन र मापसे चेकजाँचमा कडाइ, राडर गनको प्रयोग गरी गति नियन्त्रण गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । 

त्यस्तै, बिभिन्न निकायहरूसंग समन्वयमा गरी आठ सय ८६ वटा रोड फर्निचरहरू राखेको छ । ओभर लोड नियन्त्रण गर्न दुई सय छ वटा अतिरिक्त सिट निकालेको र मोडिफाई गरी चर्को आवाजमा चलाउने ८४ वटा सवारी साधन नियन्त्रण गरी कारबाहीको दायरामा ल्याएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ५ : ४४ बजे

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी – पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१०

बागमती सरकारका चार मन्त्री पदमुक्त

काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले

प्रधानमन्त्रीले भने : देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ

पर्सा – प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको