मनै लोभ्याउने उत्तरी दोलखाका झरना (तस्बिरहरू) « Khabarhub

मनै लोभ्याउने उत्तरी दोलखाका झरना (तस्बिरहरू)


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको उत्तरी क्षेत्र बिगु र लामाबगरमा वर्षादको समय पहाडको खोँचबाट आफ्नै आकारमा निरन्तर बगिरहेका आकर्षक झरनाले मनै लोभ्याउने गर्छ ।

वरिपरिका हरियाली पहाडबाट बगिरहेको सेताम्मे र निलो आकारका झरनाको अवलोकन गर्न हिजोआज आन्तरिक तथा बाह्य पर्यटकहरू च्छोरोल्पा पद मार्गअन्तर्गत पर्ने छ्योतछ्योत-सिमिगाउँ हुँदै रिकु लामावगरसम्म पुग्ने गर्छन्।

गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकाको संगम स्थल लामाबगर हुँदै ओहोरदोहोर हुने रिकु सिमिगाउँ  छ्योतछ्योत पैदलमार्ग आसपासका पहाडी टाकुराबाट झरेका मझौला झरनाले सो पैदलमार्गको पारी विगु-१ र वारी गौरीशंकर-९ बाट देखिने विभिन्न झरनाले पैदलमार्गी यात्रुलाई आनन्दित र आकर्षक पार्ने गर्छ। 

च्छो-रोल्पा लामावगर रिकु- सिमिगाउँ पदमार्गमा पर्ने यहाँका झरनाले पर्यटकलाई लोभ्याउँछ । रोल्वालिङ्ग क्षेत्रका दर्जनौं झरनाको सुन्दरतामा पर्यटकहरू रमाउने गर्दछन् । 

पहाडको खोँचबाट खसेको झरना र पानीको निलो आकरले । पदमार्गमा यात्रा गर्दा झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटकहरू लोभिन्छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : ०४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी