कांग्रेस पदाधिकारी र मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए « Khabarhub

कांग्रेस पदाधिकारी र मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय सत्तारूढ नेपाली कांग्रेसभित्र आन्तरिक विवाद र किचलो देखिएका बेला सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन् । देउवाले सरकारमा सहभागी मन्त्रीहरूसहित शुक्रबार बिहान ९ बजे बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र मन्त्रीहरूको कार्य सम्पादनलाई लिएर पार्टीमा असन्तुष्टि बढिरहँदा देउवाले छलफल गर्न लागेका हुन् । त्यसकै लागि उनले मन्त्रीहरूसहितको पदाधिकारी बैठक बोलाएका हुन् ।

पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षित नतिजा दिन नसकेको निष्कर्षसहित सातजना पूर्वपदाधिकारीहरूले मंगलबार देउवालाई भेटाएर ध्यानाकर्षण गराइसकेका छन् ।

शुक्रबारको बैठकमा अनुशासन आयोगले २०७९ को चुनावलाई लिएर व्यापक रुपमा गरेको कारबाहीबारे पनि छलफल हुने बताइएको छ ।

२०७९ को चुनावमा अन्तर्घात गरेको भन्दै निर्वाचनको ३ वर्षपछि इतर खेमाका २४ बढी नेताहरूलाई छानीछानी कारवाही गरिएपछि नेता डा. शेखर कोइरालासहित रिसाएका छन् । शेखरले यो कारवाहीलाई नमान्ने चेतावनी दिइरहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ४२ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण