बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान | Khabarhub Khabarhub

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै बच्चा जन्माएकी छन्। माइतीघर कोटवाडा आएको बेला एकाएक पेट दुखेपछि स्वास्थ्य संस्था हिँडेकी उनले बाटोमै बच्चा जन्माएकी हुन् । माइतीघरबाट हिँडेको १० मिनेटमै ब्यथाले च्यापेपछि पवित्राले बाटोमै बच्चा जन्म दिएकी थिइन् ।

पवित्राको माइतीघर बाजुरा स्वास्थ्य चौकीबाट पैदल दुरी बढीमा आधा घण्टा मात्रै टाढा छ । एकाएक पेट दुखेपछि कसैलाई केही नभनेर बिहान साढे नौ बजे स्वास्थ्य संस्था हिँडिन् । रातीबाटै पेट दुख्न सुरु भइसकेको थियो । तर माइतीघरमा सबैलाई कसरी सुनाउँनु भन्ने लाजले नै आफ्नै जन्मदिने आमालाई समेत नभनेर उनी स्वास्थ्य चौकीतर्फ लागिन् ।

साउन ७ गते बिहान दश बजेतिर उनले बाटोमै स्वास्थ्य कर्मीकै साहरामा बच्चा जन्माएको बाजुरा स्वास्थ्य चौकी टाँटेकी अनमी मंगला कुमारी बोहराले जानकारी दिइन् । स्वास्थ्य संस्थामा खबर आएपछि बोहरा नेतृत्वकै टोली उद्दारका लागि गएको थियो । तीन जनाको स्वास्थ्य कर्मीको टोलीले सहज सुत्केरी गराएर उद्दार गरेको छ ।

बाटोमै जन्मदिएको पवित्राको तेस्रो सन्तान हो । १८ वर्ष नपुग्दै विवाह गरेकी पवित्राले २२ वर्षकै उमेरमा आफ्नो तेस्रो बच्चा जन्माएकी हुन् । यसोत पवित्राले नियमित चेकजाँच गराएकी छन् । स्वास्थ्य कर्मीले साउन २० को मिति दिएका थिए । यति छिटै बच्चा होला भन्ने उनलाई लागेकै थिएन् ।

सासुससुरासँग अलग बस्ने पवित्राका श्रीमान गणेश ल्वार भारतमा छन् । उनी गर्भवती भएदेखि नै श्रीमान साथमा छैनन् ।घरमा पनि हेरचाह नहुने र स्वास्थ्य संस्थाबाट पनि टाढा हुनेभएपछि उनी माइतीघर आएकी थिइन् । गाउँमा बोकेर स्वास्थ्य संस्था लैजाने मानिस थिएनन्, एम्बुलेन्स बोलाउने हैसियत समेत उनको थिएन् ।

दुई सन्तान र श्रीमतीको जीवन पाल्न श्रीमान भारतमा चौकीदारी गर्छन् । गर्भवती अवस्थामा पनि साथमा आफन्त थिएनन् । यो पवित्रा बाहेकका आमाहरुको पनि समस्या हो । गाउँमा कमै युवाहरु भेटिन्छन् । महिला र वृद्धवृद्धाहरु मात्रै छन् । भएकाहरुपनि सबै साथ सहयोग दिन्छन्, भन्ने छैन् । अधिकांश गर्भवती महिलाहरुका लागि समस्या हुने गरेको छ ।

गर्भवती भएदेखि परिवारले गर्नु पर्ने हेरचाह, स्याहार, संरक्षण, माया, खानपिन यहाँका अधिकांश आमाहरुका लागि नौलो विषय हो । ‘बच्चा जन्माउने दिनसम्म काम गर्छन् । पैसा जोहो गरि राख्ने, रगत समूह पहिचान गरेर तयारी अवस्थामा राख्ने, मिति आउने समयमा परिवारले अनिवार्य हेरचाह गरिराख्नु पर्ने हो, त्यो कमैमा मात्रै भएको देखिन्छ’ सिअनमी मंगला कुमारी बोहराले बताइन् ।
पवित्रा एक पात्र मात्रै हुन् । स्वास्थ्य कर्मीको टोली समयमै नपुगेको भए, उनलाई जे पनि हुन सक्ने अवस्था थियो ।

‘समयमै खबर पाएको र लगत्तै टोली गएर उद्दार गरेर सकुशल स्वास्थ्यसंस्थामा पुर्याउँदा आमा र बच्चा दुवैको ज्यान जोखिमबाट बचेको हो, नत्र गाह्रो हुन्थ्यो,’ बोहराले भनिन् ।

उमेर पनि कलिलै थियो । २२ वर्षमै तीन सन्तान जन्माउँदा स्वास्थ्य समेत कमजोर थियो । उनले मानसिक रुपमा आएको समस्याका कारण केही समय औषधी समेत सेवन गरेको स्वास्थ्य रिर्पोट थियो ।

यो वर्ष ४५ जनाले बाजुुरा स्वास्थ्य स्वास्थ्य चौकीमा संस्थागत सुत्केरी गराएका छन् । ती मध्ये अधिकांशका समस्या पवित्राकै जस्तो देखिन्छ । सासु ससुराको भरमा छोड्ने, कतिपय आमाहरु त सिगो घरमा एक्लो बस्नु पर्ने, श्रीमान र सहयोगी साथमा नहुने, कतै सडक बाटो र स्वास्थ्य संस्था टाढा हुने धेरै समस्या र जोखिम देखिने गरेको छ ।

परिवारको तयारी हुने, आर्थिक अवस्था कमजोर हुने, श्रीमान साथमा नहुने, स्वास्थ्य संस्था टाढा र सडक पहुँच बाहिर रहने समस्याले यहाँका आमाहरुको ज्यान जोखिममा देखिन्छ । बुढीगंगाका १० वटै वडाका सबै बस्तीलाई सहज स्वास्थ्य संस्थामा पहुँच पुर्याउने गरि टोलमा समेत सुरक्षित प्रसुती गृह निर्माण गरिएको पालिका उपप्रमुख माया कुँवरले बताइन् ।

बुढीगंगा जिल्लाका अन्य पालिका भन्दा सहज स्वास्थ्य सेवा उपलब्ध भएको पालिका हो । स्वयम व्यक्ति र परिवारको लापरवाही नै बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताउने गरेका छन् । दुई हप्ता अघि पछिको मितिमा बच्चा हुने कुरा नर्मल हो, तर व्ययाले च्यापेपछि मात्रै जानकारी गराउने, स्वास्थ्य संस्था आउने कुरा डरलाग्दो र जोखिमपूर्ण रहेको अनमी मंगल कुमारी बोहराले बताइन् ।

गाउँतिर अझै ब्यथा लागेको कुरा नभन्ने, अरुलाई सुनाएर थप पीडा हुने गलत मान्यता राख्नेहरुको जमात पनि ठूलो छ । त्यसका कारण ठूलो समस्या भोग्नु परेको देखिन्छ । गएको वर्ष बझाङमा स्वास्थ्य संस्था लैजान छोडेर बाटोमै बच्चा जन्माएकी सुत्केरीको रक्तश्राप रोक्न धामीझाँक्री बोलाउन थालेपछि एक जना सुत्केरीको अकालमै ज्यान गएको थियो ।

सुदूरका पहाडी क्षेत्रमा यस्ता थुप्रै घटनाहरु हुने गरेका छन् । गएको वर्षमात्रै बाजुराकै कोल्टीमा पनि दुई जना सुत्केरीले बाटोमै बच्चा जन्माएका थिए । भने एक जनाको अघिल्लो वर्ष बाटोमै बच्चा जन्माउन नसकेर मृत्यु भएको थियो

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ९ : ०६ बजे

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी – पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१०

बागमती सरकारका चार मन्त्री पदमुक्त

काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले

प्रधानमन्त्रीले भने : देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ

पर्सा – प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको