साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान « Khabarhub

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन् ।

आज गृह पालिका मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा आयोजित सम्मान तथा मर्स्याङ्दी गाउँपालिका अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा मस्र्याङ्दी गाउँपालिकाले साम्बालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दोसल्ला ओढाएर सम्मान गरे ।

उनले साम्बा जस्तै खेलाडी उत्पादन गर्न र खेलकुद क्षेत्रलाई माथि उकास्न गाउँपालिका लागेको भनाइ छ । पालिकामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताए । यस्ता सम्मानले अझै राम्रो र निरन्तर खेल्न पे्ररणा मिल्ने उनको भनाइ छ । गाउँपालिकाले भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरणसमेत गरिसकेको छ ।

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गरेकी छन् । भण्डारी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्ने गर्छिन ।

नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढेकी छन्। भण्डारीले आगामी दुई सिजनका लागि न्यूजील्याण्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्टेलियामाको निन्जा ए लिग खेल्ने भएको छ । यसअघि युरोपको फ्रेण्च क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध भएकी थिइन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ९ : २२ बजे

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा