रेस्लिङ सुपरस्टार हल्क होगनको निधन « Khabarhub

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ । ७३ वर्षको उमेरमा स्थानीय समय अनुसार बिहीबार बिहान उनको निधन भएको अमेरिकाको टीएमजी वेबसाइटले जनाएको छ ।

हृदयघातका कारण उनको निधन भएको हो । उनको निधन भएपछि फ्लोरिडा राज्यको क्लियरवाटरस्थित उनको निवासमा आपत्कालीन सेवा दस्ता पठाइएको छ ।

यसअघि उनी कोमामा पुगेको हल्ला फैलिएको थियो । केही दिनअघि मात्रै उनकी श्रीमती स्काईले उनी कोमामा पुगेको हल्ला गलत भएको बताएकी थिइन् ।

वास्तविक नाम टोरी बोल्लेया रहेका उनको रेस्लिङ यात्रालाई धेरै महत्व दिइएको छ निकै महत्वपूर्ण मानिन्छ । उनले शुरुमा डब्लूडब्ल्यूएफ र पछि डब्ल्यूडब्ल्यूईमा कुश्ती प्रदर्शन गरेका थिए । १९७० को दशकमा रेस्लिङ प्रवेश गरेका उनी एक वर्षअघिसम्म सक्रिय थिए ।

गत वर्षको जुलाई महिनामा उनले रिपब्लिकन पार्टीको सम्मेलनमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्दै भाषण गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  १० : २६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्