साफ यु–१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै « Khabarhub

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । यसअघिका खेलमा नेपाल भारतसँग पराजित भएको थियो भने भुटानलाई हराएको थियो । यस्तै, भारतसँग हार बेहोरेको बङ्गलादेशले भुटानलाई पराजित गरेको थियो ।

साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपाल र बङ्गलादेशबीच ६ खेल भएका छन् । जसमा बङ्गलादेशले चार र नेपालले एक खेलमा जित हासिल गरेकाे छ । एक खेल बराबरी भएको थियो ।

राउण्ड रोबिन पद्धतिमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध खेल्ने छन् । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् ।

नेपालले भदौ ११ गते बङ्गलादेश, भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ३९ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण