साफ यु–१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै « Khabarhub

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । यसअघिका खेलमा नेपाल भारतसँग पराजित भएको थियो भने भुटानलाई हराएको थियो । यस्तै, भारतसँग हार बेहोरेको बङ्गलादेशले भुटानलाई पराजित गरेको थियो ।

साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपाल र बङ्गलादेशबीच ६ खेल भएका छन् । जसमा बङ्गलादेशले चार र नेपालले एक खेलमा जित हासिल गरेकाे छ । एक खेल बराबरी भएको थियो ।

राउण्ड रोबिन पद्धतिमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध खेल्ने छन् । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् ।

नेपालले भदौ ११ गते बङ्गलादेश, भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ३९ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी