‘काजी’मा विपीन, केकी र गरिमा « Khabarhub

‘काजी’मा विपीन, केकी र गरिमा


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘काजी’ बन्ने भएको छ ।

दक्षिणकाली मन्दिरमा शुक्रबार शुभमुहूर्त गरी यो फिल्म निर्माणबारे औपचारिक जानकारी दिइएको हो । लक्ष्मण रिजालको निर्देशनमा बन्ने यस फिल्मको छायाङ्कन आइतबारदेखि स्याङ्जाबाट सुरु हुने बताइएको छ ।

निर्देशक रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका हुन् । उनले ‘धुवाँ यो नसा’, ‘अलबिदा’, ‘कायरा’लगायतका फिल्म निर्देशन गरेका छन् ।

सुपरहिट फिल्म ‘उनको स्वीटर’पछि विपीन पहिलो पटक छायाङ्कनमा निस्किएका हुन् । केकीको अभिनय रहेको फिल्म ‘जनै हराएको मान्छे’ हलमा प्रदर्शनरत छ ।

गरिमाको पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ गत जेठ २३ मा प्रदर्शनमा आएको थियो ।

‘काजी’का यी तीन शीर्ष कलाकार बाहेक अन्यको जानकारी दिइएको छैन । निर्देशक रिजालाका अनुसार यो फिल्मको छायाङ्कनका लागि स्याङ्जामा एक गाउँको कृत्रिम सेट निर्माण गरिएको छ ।

सोसल लभस्टोरी जनरामा बन्ने यस फिल्मको लेखक प्रदीप भारद्धाज हुन् । आरएन्डआर प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको निर्माता रामप्रसाद रिजाल हुन् ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  १२ : ५० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको