बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन « Khabarhub

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै हमला गरिरहेको इजरायलमा बन्धक रिहाइ र युद्धविराम माग गर्दै थप प्रदर्शन भएको छ । झण्डै एक महिनादेखि जारी प्रदर्शन पछिल्ला दिनमा व्यापक बनेको हो ।

शनिबार इजरायलका कयौँ शहरमा भएका प्रदर्शनमा निकै ठूलो सङ्ख्यामा इजरायलीहरूले भाग लिएका छन्‌ । प्रदर्शनमा सहभागीहरूले गाजा शहर कब्जा गर्ने सेनाको योजनाका कारण हमासको कब्जामा बाँकी रहेका बन्धनहरूको जीवन थप जोखिममा परेको बताएका छन्‌ ।

इजरायलका पूर्व रक्षामन्त्री बेनी गेट्जले बन्धक रिहाइलाई प्राथमिकता दिँदै एक अन्तरीम राष्ट्रिय एकताको सरकार बनाउन आह्वान गरेका छन्‌ ।

प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको वर्तमान सत्ता गठबन्धन उग्रदक्षिणपन्थी सदस्यहरूको भरमा टिकेको छ । यो पक्षले युद्ध अन्त्य गर्ने नाममा हमाससँग कुनै पनि सम्झौता गर्न नहुने अड्डी लिने गरेको छ ।

यसबीच गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली हमला र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसले गाजाको अवस्थालाई लिएर ‘मानवता विफल’ भएको बताएका छन्‌ । उनले तत्काल युद्धविराम, बाँकी बन्धक रिहाइ र मानवीय पहुँच सुनिश्चितता निम्ति आह्वान गरेका छन्‌ ।

निरन्तर आक्रमण र लादेको प्रतिबन्धले गाजामा गम्भीर मानवीय सङ्कट निम्तिएपछि यतिखेर विश्वभर नै इजरायलको चर्को आलोचना भइरहेको छ ।

त्यहाँ भोका मानिसहरूलाई खाना पुर्‍याउन र युद्धपीडितलाई उद्दार गर्न खटिएका सहायताकर्मीको समेत इजरायलले हत्या गरिरहेको छ । बालबालिकाहरू अभिभावकसँगै भोकैप्यासै तड्पिरहेका छन्‌ । सङ्युक्त राष्ट्रसङ्घले गाजामा ‘अनिकाल’ घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : ४२ बजे

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने