बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन « Khabarhub

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै हमला गरिरहेको इजरायलमा बन्धक रिहाइ र युद्धविराम माग गर्दै थप प्रदर्शन भएको छ । झण्डै एक महिनादेखि जारी प्रदर्शन पछिल्ला दिनमा व्यापक बनेको हो ।

शनिबार इजरायलका कयौँ शहरमा भएका प्रदर्शनमा निकै ठूलो सङ्ख्यामा इजरायलीहरूले भाग लिएका छन्‌ । प्रदर्शनमा सहभागीहरूले गाजा शहर कब्जा गर्ने सेनाको योजनाका कारण हमासको कब्जामा बाँकी रहेका बन्धनहरूको जीवन थप जोखिममा परेको बताएका छन्‌ ।

इजरायलका पूर्व रक्षामन्त्री बेनी गेट्जले बन्धक रिहाइलाई प्राथमिकता दिँदै एक अन्तरीम राष्ट्रिय एकताको सरकार बनाउन आह्वान गरेका छन्‌ ।

प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको वर्तमान सत्ता गठबन्धन उग्रदक्षिणपन्थी सदस्यहरूको भरमा टिकेको छ । यो पक्षले युद्ध अन्त्य गर्ने नाममा हमाससँग कुनै पनि सम्झौता गर्न नहुने अड्डी लिने गरेको छ ।

यसबीच गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली हमला र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसले गाजाको अवस्थालाई लिएर ‘मानवता विफल’ भएको बताएका छन्‌ । उनले तत्काल युद्धविराम, बाँकी बन्धक रिहाइ र मानवीय पहुँच सुनिश्चितता निम्ति आह्वान गरेका छन्‌ ।

निरन्तर आक्रमण र लादेको प्रतिबन्धले गाजामा गम्भीर मानवीय सङ्कट निम्तिएपछि यतिखेर विश्वभर नै इजरायलको चर्को आलोचना भइरहेको छ ।

त्यहाँ भोका मानिसहरूलाई खाना पुर्‍याउन र युद्धपीडितलाई उद्दार गर्न खटिएका सहायताकर्मीको समेत इजरायलले हत्या गरिरहेको छ । बालबालिकाहरू अभिभावकसँगै भोकैप्यासै तड्पिरहेका छन्‌ । सङ्युक्त राष्ट्रसङ्घले गाजामा ‘अनिकाल’ घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  १२ : ४२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा